नेपाल हेल्थ न्युज, काठमाडौं । गर्मी मौसम सुरु भएसंगै बजारमा बिभिन्न किसिमका फलफूलहरु देख्न सकिन्छ । गर्मी मौसममा शरीरलाई स्वस्थ र फूर्तिलो बनाई राख्नको लागि प्रशस्त मात्रामा फलफूलको सेवन गर्नु आवश्यक हुन्छ ।
१. आँप
आँपलाई फलफूको राजा भनेर चिनिन्छ । आँप खानु स्वास्थ्यका दुष्टिकोणले लाभदायी हुन्छ । यसले शरीरमा शक्ति पैदा गर्छ र आँपलाई २ देखि ३ घन्टासम्म पानीमा डुबाएर खानाले शरीरमा शीतलता प्रदान गर्छ ।
२. खरबुजा
गर्मी मौसममा पाइने फल खरबुजा हो यसले शरीरमा शीतलता प्रदान गर्नुका साथै यसमा हुने तत्वले पेटसम्बन्धी समस्या (ग्याँस्ट्राइटिस, कब्जियत) बाट मुक्ति मिल्छ । यसको सेवनले शरीरमा थकाइको महसुस कम गर्छ ।
३. लिची
गर्मी मौसममा पाइने फल मध्ये लिची पनि एक हो । यो बिशेष गरी ग्रीष्म ऋतुमा मात्र पाइन्छ । यसको सेवनले शरीरलाई शीतलता प्रदान गर्नुका साथै मस्तिष्कलाई चुस्त बनाइ राख्न मद्दत गर्छ ।
४. अंगूर
अंगूर शरीरलाई शीतलता प्रदान गर्ने एक पौष्टिक तत्व भएको फल हो । यसमा प्रशस्त मात्रामा एन्टीअक्सिडेन्ट नामक तत्व पाइन्छ जसले मानसिक तनाव कम गर्नुका साथै शरीरमा भोक तथा प्यास मेटाउन मद्दत गर्छ ।
५. काँक्रा
काँक्रमा ९६ प्रतिशत पानीको मात्रा हुने भएकाले गर्मी मौसममा यसको सेवन गर्नु उपयुक्त हुन्छ । यसको सेवनले शरीरको भित्री तथा बाहिरी अंगलाई मजबुत बनाइ राख्न मद्दत गर्छ र शरीरमा बिभिन्न रोगहरु लाग्नबाट बचाउँछ ।
चिकित्सकको आन्दोलनपछि पर्सामा एसपी हेरफेर, भट्टराई पुगे प्रमुखको जिम्मेवारीमा
बुधबार, साउन १३, २०८३
चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड २५ लाख बराबरको बजेट स्वीकृत
बुधबार, साउन १३, २०८३
पार्टीमा आवद्ध व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीमा निषेध
बुधबार, साउन १३, २०८३
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
