नेपाल हेल्थ न्युज, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीको प्राविधिक समूहअन्तर्गत कार्यरत प्रहरी निरीक्षक डा. विवेक पन्थीलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ।
मन्त्रालयले उनलाई कार्यालयमा उपस्थित भई गैरहाजिरीबारे स्पष्टीकरण पेश गर्न सार्वजनिक सूचना जारी गरेको छ। कर्णाली प्रदेश प्रहरी अस्पताल, सुर्खेतमा कार्यरत डा. पन्थीले गत चैत २६ गते दुई दिनको भइपरी आउने बिदा स्वीकृत गराएका थिए। तर बिदा सकिएपछि चैत ३० गतेदेखि उनी कार्यालयमा अनुपस्थित रहेको र हालसम्म सम्पर्कमा नआएको मन्त्रालयले जनाएको छ।
सम्बन्धित कार्यालय तथा स्थानीय तहमार्फत खोजी गर्दा समेत उनको अवस्था र ठेगाना पत्ता लाग्न नसकेको मन्त्रालयको भनाइ छ। त्यसपछि प्रहरी नियमावली, २०७१ (संशोधनसहितं) अनुसार विभागीय प्रक्रिया अघि बढाइएको हो।
गोरखापत्र दैनिकमार्फत प्रकाशित सूचनामा उनलाई बाटोको म्यादबाहेक सात दिनभित्र कार्यालयमा उपस्थित भई गैरहाजिर हुनुको कारणसहित सन्तोषजनक स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।
निर्धारित समयभित्र सम्पर्कमा नआए वा चित्तबुझ्दो स्पष्टीकरण नदिए प्रहरी नियमावलीअनुसार भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने प्रक्रिया अघि बढाइने मन्त्रालयले स्पष्ट पारेको छ।
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३

