नेपाल हेल्थ न्युज, काठमाडौं । औषधि व्यवस्था विभागले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिहरू देशका ११ वटा तोकिएका स्वास्थ्य संस्था तथा फर्मामार्फत उपलब्ध गराइएको जनाएको छ।
मंगलबार जारी सूचनाअनुसार क्यान्सर उपचारमा प्रयोग हुने सिस्प्लाटिन इन्जेक्सन र कार्बोप्लाटिन इन्जेक्सन लगायतका औषधि विभिन्न सहरस्थित स्वास्थ्य संस्थाहरूमा मौज्दात रहेको विभागले जनाएको हो।
विभागका अनुसार औषधि आवश्यक पर्ने बिरामीहरूले चिकित्सकको सक्कल पुर्जा (विरामी पुर्जी) लिएर सम्बन्धित स्वास्थ्य संस्थाका सम्पर्क व्यक्तिसँग समन्वय गरी औषधि प्राप्त गर्न सक्नेछन्।
विभागले औषधि वितरणमा पारदर्शिता कायम गर्न सम्बन्धित स्वास्थ्य संस्था तथा फर्मालाई मौज्दात र वितरणको स्पष्ट अभिलेख राख्न समेत निर्देशन दिएको छ।
किरणसुन्दर बज्राचार्य द्वारा हस्ताक्षरित सूचनाअनुसार औषधि उपलब्ध रहेका संस्थाहरूमा जानकी अस्पताल, पूर्वाञ्चल क्यान्सर अस्पताल, विराट मेडिकल कलेज, बबिना फर्मा, मल्ल फार्मास्युटिकल्स, पुनम फार्मेसी, राज ड्रग प्रालि, डिएमके फार्मास्युटिकल्स, सिजल फर्मा र अनमोल हेल्थ केयर लगायत रहेका छन्।
विभागले क्यान्सरका बिरामीलाई उपचारमा आवश्यक औषधिको पहुँच सहज बनाउने उद्देश्यले उक्त व्यवस्था गरिएको जनाएको छ।

टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

