नेपाल हेल्थ न्युज, काठमाडौं । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले डा. त्रिभुवनचन्द्र झालाई भक्तपुर अस्पतालको निमित्त प्रमुख मेडिकल सुपरीटेन्डेन्टको जिम्मेवारीमा नियुक्त गरेको छ।
डा. झा एमडीजीपी विशेषज्ञ तथा दशौँ तहका चिकित्सक हुन्। उनले यसअघि भक्तपुर, धादिङ, चौतारा र मेथिनकोट अस्पतालको नेतृत्व गरिसकेको अनुभव पनि छ।
भक्तपुर अस्पताल बागमती प्रदेशको एक प्रमुख सरकारी स्वास्थ्य संस्था हो र यसले भक्तपुर तथा नजिकका जिल्लाका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा र आधारभूत उपचार सुविधा प्रदान गर्दै आएको छ।
नवनियुक्त डा. झाले अस्पतालको प्रशासनिक तथा प्राविधिक पक्षको नेतृत्व गर्दै स्वास्थ्य सेवा प्रभावकारी, गुणस्तरीय र नागरिकमैत्री बनाउने लक्ष्य राखेका छन्। यसअघि अस्पतालको प्रमुख मेडिकल सुपरीटेन्डेन्टको जिम्मेवारी डा. सुरेन्द्र भट्टले सम्हाल्दै आएका थिए।
प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
