नेपाल हेल्थ न्युज, काठमाडौं । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले डा. त्रिभुवनचन्द्र झालाई भक्तपुर अस्पतालको निमित्त प्रमुख मेडिकल सुपरीटेन्डेन्टको जिम्मेवारीमा नियुक्त गरेको छ।
डा. झा एमडीजीपी विशेषज्ञ तथा दशौँ तहका चिकित्सक हुन्। उनले यसअघि भक्तपुर, धादिङ, चौतारा र मेथिनकोट अस्पतालको नेतृत्व गरिसकेको अनुभव पनि छ।
भक्तपुर अस्पताल बागमती प्रदेशको एक प्रमुख सरकारी स्वास्थ्य संस्था हो र यसले भक्तपुर तथा नजिकका जिल्लाका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा र आधारभूत उपचार सुविधा प्रदान गर्दै आएको छ।
नवनियुक्त डा. झाले अस्पतालको प्रशासनिक तथा प्राविधिक पक्षको नेतृत्व गर्दै स्वास्थ्य सेवा प्रभावकारी, गुणस्तरीय र नागरिकमैत्री बनाउने लक्ष्य राखेका छन्। यसअघि अस्पतालको प्रमुख मेडिकल सुपरीटेन्डेन्टको जिम्मेवारी डा. सुरेन्द्र भट्टले सम्हाल्दै आएका थिए।
प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
