नेपाल हेल्थ न्युज, काठमाडौं । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरको अध्यक्ष पदका लागि आवेदन दिएका आठ जनामध्ये सात जनाको नाम प्रारम्भिक सूचीमा परेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक सूची अनुसार धनुषाका डा. अजयकुमार झा, चितवनका डा. जया श्रेष्ठ र डा. भावना वाग्ले छनोट भएका छन्।
यस्तै सर्लाहीका डा. योगेन्द्रप्रसाद सिंह, महोत्तरीका डा. लक्ष्मीनारायण सिंह, चितवनका डा. विजयचन्द्र आचार्य तथा रामेछापका डा. विश्वराम पौडेलको नाम पनि प्रारम्भिक सूचीमा समावेश गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले प्रारम्भिक सूचीमा परेका उम्मेदवारलाई आगामी असार १ गते अपराह्न ५ बजेसम्म अधिकतम ३ हजार शब्दको ‘सोचपत्र’ इमेलमार्फत पेश गर्न निर्देशन दिएको छ।
गत वैशाख १५ गते प्रकाशित सूचनामार्फत अध्यक्ष पदका लागि आवेदन आह्वान गरिएको थियो। उक्त सूचनाअनुसार अस्पताल ऐन, २०५३ बमोजिम अध्यक्ष पदमा नियुक्त हुन चिकित्साशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरी क्यान्सर रोगको क्षेत्रमा कम्तीमा १५ वर्ष वा समग्र स्वास्थ्य क्षेत्रमा २० वर्षको अनुभव भएको हुनुपर्ने व्यवस्था छ।
यसअघि अस्पतालको अध्यक्ष पदमा डा. विजयराज न्यौपाने कार्यरत थिए। विगतमा अध्यक्ष नियुक्ति सम्बन्धित मन्त्रीले आफ्नो पार्टी निकट व्यक्तिलाई प्रत्यक्ष नियुक्त गर्ने अभ्यास रहेको भन्दै यस पदलाई राजनीतिक नियुक्तिका रूपमा हेर्ने गरिएको थियो। तर यसपटक खुला प्रतिस्पर्धामार्फत छनोट प्रक्रिया अगाडि बढाइएको छ। अस्पताल अध्यक्षको कार्यकाल तीन वर्षको रहने व्यवस्था छ।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
