नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि प्रयोग हुने औषधीको सहज उपलब्धता गराउन सहजीकरण गरेको छ ।
औषधी व्यवस्था विभागले क्यान्सरको उपचारका लागि हुने ‘कार्बोप्लाटिन’ औषधिको बिरामीलाई सहज उपलब्धता गराउन सजीकरण गरेको हो ।
विभागमा सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले क्यान्सर अस्पतालमा ‘कार्बोप्लाटिन’ औषधिको सहज उपलब्धताका लागि सहजिकरण गर्न सम्पर्क व्यक्ति तोकिएको जानकारी दिनुभयो । उहाँले विश्वव्यापी आपूर्तिमा देखिएको अवरोधका कारणले क्यान्सर उपचारमा प्रयोग हुने औषधि अभाव देखिएपछि सहजीकरण गरिएको बताउनुभयो ।
उहाँका अनुसार जानकी अस्पताल नेपालगञ्ज, पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोड, विराट मेडिकल कलेज विराटनगर, वविना फर्मा पोखरा, पुनम फार्मेसी धरान, राजदूत प्रालि भरतपुर, मल्ल फर्मास्युटिकल्स पोखरा, ताज नेपाल प्रालि काठमाडौँ, डिकेएम फर्मास्युटिकल्स प्रालि काठमाडौँ, सिजल फर्मा र अनमोल हेल्थ केयर काठमाडौँलाई औषधि सहजताका लागि सम्पर्क गर्न तोकिएको छ ।
“बजारमा अहिले ‘कार्बोप्लाटिन’ औषधि नियमित उपलब्धता सुनिश्चिता गर्न र आवश्यक समन्वय गर्न सम्पर्क संस्था ताकिएको छ”, उहाँले भन्नुभयो, “जसले गर्दा बिरामीलाई औषधि उपलब्धता सहज हुन्छ ।”
भक्तपुर क्यान्सर अस्पताल, चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतमा क्यान्सर रोगको किमोथेरापीमा उपचारमा प्रयोग हुने औषधिको अभाव देखिएको हो ।
नेपाल औषधी आपूर्तिकर्ता सङ्घका अध्यक्ष पवन आचार्यले विभागसँगको समन्वयमा अभाव भएको क्यान्सरको औषधी बिरामीलाई उपलब्ध गराइने बताउनुभयो ।
“अन्तर्राष्ट्रिय रुपमा ती औषधिको मूल्य बढेकाले नेपालमा पहिलेकै मूल्यमा औषधी बिक्री गर्न नसकिएकाले अहिले निर्यातमा समस्या देखिएको हो”, उहाँले भन्नुभयो, “तर बिरामी उपचारमा ध्यान दिएर हामीले सहज उपलब्ध गराउन अस्पताल र फार्मेसी तोकेका छौँ ।” उहाँले औषधिको मूल्य समायोजन हुनसाथ औषधि नेपालमा आयात गर्ने बताउनुभयो । रासस
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी माग, कुन पदमा कति ?
मंगलबार, साउन १२, २०८३
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
मंगलबार, साउन १२, २०८३
