नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशर ढकाल उमेर हदका कारण आजदेखि सरकारी सेवाबाट अनिवार्य अवकाश पाउनुभएको छ ।
६० वर्षे उमेर हद पूरा गरेसँगै उहाँले २८ वर्ष लामो सरकारी सेवा यात्राको अन्त्य गर्नुभएको हो।
वि.सं. २०५५ सालमा मेडिकल अफिसरका रूपमा सरकारी सेवामा प्रवेश गर्नुभएका डा. केशर ढकालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनुभएको छ। उहाँले आफ्नो सेवा अवधिको करिब २५ वर्ष सुर्खेतमा बिताउनुभएको थियो।
सो क्रममा उहाँले जिल्ला अस्पताल, तत्कालीन क्षेत्रीय अस्पताल हुँदै प्रादेशिक अस्पतालको निर्देशकसम्मको जिम्मेवारी सम्हाल्नुभएको थियो।
गत वर्ष स्वास्थ्य सेवाको १२ औँ तह (अतिरिक्त सचिव) मा बढुवा भएपछि उहाँ स्वास्थ्य मन्त्रालयमा सरुवा हुनुभएको थियो। त्यसपछि उहाँलाई स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी दिइएको थियो।
महानिर्देशक पदमा कार्यरत रहँदा गत महिना स्वास्थ्यमा समस्या देखिएपछि उहाँ बिदामा बस्नु भएको थियो। त्यसपछि विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. अनुज भट्टचन लाई दिइएको थियो।
डा. ढकालले आफ्नो दीर्घ सेवा अवधिमा स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप वि.सं. २०८० सालको स्वास्थ्य सेवा दिवसका अवसरमा स्वास्थ्य सेवा पुरस्कारबाट समेत सम्मानित हुनुभएको थियो।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
