नेभिगेशन

नक्कली सेरोफ्लो रोटाक्याप औषधिबारे सचेत रहन विभागको आग्रह

नेपाल हेल्थ न्युज, काठमाडौं । औषधि व्यवस्था विभागले बजारमा दमको उपचारमा प्रयोग हुने सेरोफ्लो रोटाक्याप औषधिको नक्कली संस्करण फेला परेको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

विभागले बुधबार जारी गरेको सूचनामा भारतको सिक्किमस्थित सिप्ला लिमिटेडले उत्पादन गर्ने यो श्वासप्रश्वाससम्बन्धी औषधिको नक्कली प्रतिलिपि बजारमा बिक्री–वितरण भइरहेको उल्लेख गरिएको छ।

विभागले चिकित्सक, फर्मासिस्ट, अस्पताल, औषधि व्यवसायी तथा सर्वसाधारण सबैलाई औषधि सिफारिस, खरिद र प्रयोग गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। साथै, औषधिको सक्कली र नक्कली पहिचान नगरी प्रयोग वा बिक्री नगर्न समेत सचेत गराइएको छ।

विभागका अनुसार सक्कली र नक्कली औषधिबीच प्याकेजिङमा देखिने केही सूक्ष्म भिन्नताहरूबाट पहिचान गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिन आवश्यक छ।

दमको उपचारमा प्रयोग हुने यो औषधिको नक्कली संस्करण बजारमा भेटिएपछि स्वास्थ्य जोखिम बढ्न सक्ने भन्दै विभागले थप सतर्कता अपनाउन आग्रह गरेको छ।

aushadi-bivag-122-1782281559.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट