नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेविज विरुद्धको खोप अभाव नभएको स्पष्ट पारेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आकस्मिक उपचारका लागि आवश्यक खोप सबै अस्पतालमा उपलब्ध रहेको बताउनुभएको छ।
उहाँका अनुसार सरकारले ठूलो मात्रामा खोप मौज्दात नराखे पनि आपतकालीन अवस्थाका लागि पर्याप्त व्यवस्था गरिएको जनाएको छ। “हामीसँग ठूलो मात्रामा खोप छैन तर बिरामीलाई आकस्मिक रूपमा लगाउनका लागि सबै अस्पतालमा खोप उपलब्ध छ,” उहाँले भन्नुभयो।
मन्त्रालयले थप ५ हजार भाइल खोप खरिदका लागि टेन्डर आह्वान गरिसकेको छ। यसअघि माघ, चैत र जेठ महिनामा तीन पटक टेन्डर आह्वान गर्दा आपूर्ति नभएपछि पुनः प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। साथै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि दुई–तीन दिनभित्र ४ हजार ५०० भाइल खोप उपलब्ध गराउने अपेक्षा गरिएको छ।
यसअघि पनि डब्लुएचओले आकस्मिक रूपमा ५ हजार भाइल खोप उपलब्ध गराएको थियो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाका अनुसार अस्पतालमा आउने सबै रेविज जोखिमका बिरामीलाई खोप दिइँदै आएको छ र हाल खोप अभाव छैन। अस्पतालमा दैनिक करिब १८० जना बिरामीले रेविज विरुद्धको खोप लिने गरेका छन्।
अस्पतालका तथ्यांकअनुसार चालु आर्थिक वर्षमा मात्रै ५५ हजार ७५९ जनाले खोप लगाइसकेका छन्। आर्थिक वर्ष २०८०/८१ मा ६३ हजार ८१५ जना र २०८१/८२ मा ४७ हजार ५८६ जनाले रेविज विरुद्धको खोप लगाएका थिए।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
