नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघले लम्कीचुहा प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कमलेश प्रसाद यादव माथि सुशिला शाही द्वारा अपशब्द प्रयोग, गालीगलौज, अपमान तथा धम्की दिइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा स्वास्थ्य क्षेत्रमा निरन्तर सेवामा खटिरहेका चिकित्सकमाथि भएको उक्त व्यवहारलाई अमर्यादित, निन्दनीय तथा अस्वीकार्य भन्दै घोर भर्त्सना गरेको छ।
जिम्मेवार सार्वजनिक पदमा रहेका व्यक्तिबाट पदीय मर्यादाविपरीत भएको यस्तो व्यवहारले चिकित्सक मात्र नभई समग्र स्वास्थ्य क्षेत्रको सम्मानमा आघात पुगेको संघको ठहर छ।
संघका अनुसार घटनाले स्वास्थ्यकर्मीहरूमा त्रासको वातावरण सिर्जना गरेको भन्दै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ। विज्ञप्तिमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम शून्य सहनशीलताको नीति अपनाई संलग्न व्यक्तिमाथि कडा कारबाही गर्न आग्रह गरिएको छ।
त्यसैगरी, स्वास्थ्यकर्मीहरूले सुरक्षित, सम्मानजनक र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्न सक्ने अवस्था सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायसँग संघले जोडदार माग गरेको छ। उक्त विज्ञप्तिमा संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडी को हस्ताक्षर रहेको छ।

नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितलाई भारतीय औषधी कम्पनीको १ करोड ५० लाख सहयोग
शुक्रबार, भदौ २६, २०८३

