नेपाल हेल्थ न्युज, काठमाडौं। महिलाहरूको विश्वकै अग्रणी सामाजिक संस्था ईनर ह्विल अन्तर्गत नेपालमा रहेको ईनर ह्विल डिस्ट्रिक्ट ३५० को सन् २०२६/२०२७ कार्यकालका लागि डा. सृष्टि श्रेष्ठ प्रजापति अध्यक्षमा चयन हुनुभएको छ।
सन् १९२५ मा बेलायतको म्यानचेस्टरबाट स्थापना भएको ईनर ह्विल हाल विश्वका १०० भन्दा बढी देशमा फैलिएको अन्तर्राष्ट्रिय सामाजिक संस्था हो। नेपालमा ईनर ह्विल डिस्ट्रिक्ट ३५० अन्तर्गत ४४ वटा ईनर ह्विल क्लब सक्रिय रहेका छन्। महिलाहरूको नेतृत्व, सामाजिक सेवा, शिक्षा, स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा संस्थाले निरन्तर योगदान दिँदै आएको छ।
डा. प्रजापतिले सन् २०१६ मा ईनर ह्विल क्लब अफ मध्यपुरको संस्थापक अध्यक्षका रूपमा नेतृत्व सम्हाल्दै आफ्नो यात्रा सुरु गर्नुभएको थियो। त्यसपछि विभिन्न जिम्मेवारीमा रहेर संस्थाको नेतृत्व विकास र सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्दै उहाँ डिस्ट्रिक्ट ३५० को अध्यक्ष पदमा चयन हुनुभएको हो।
पेशाले स्त्री क्यान्सर रोग विशेषज्ञ (गाइनो अन्को सर्जन) रहनुभएकी डा. प्रजापति हाल भक्तपुर क्यान्सर अस्पताल तथा बी एण्ड बी अस्पतालमा कार्यरत हुनुहुन्छ। महिलाको प्रजनन प्रणालीसम्बन्धी क्यान्सरको उपचार, शल्यक्रिया तथा जनचेतना अभिवृद्धिमा उहाँको उल्लेखनीय योगदान रहेको छ।
नवनिर्वाचित अध्यक्ष डा. प्रजापतिको नेतृत्वमा ईनर ह्विल डिस्ट्रिक्ट ३५० ले महिला सशक्तीकरण, स्वास्थ्य सेवा, शिक्षा, सामाजिक उत्तरदायित्व तथा समुदाय केन्द्रित कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
नगरप्रमुखद्वारा चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै चिकित्सक संघको आपत्ति
शुक्रबार, असार १२, २०८३
रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने
शुक्रबार, असार १२, २०८३
डेङ्गी नियन्त्रण अभियानमा तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्दै काठमाडौँ महानगरपालिका
शुक्रबार, असार १२, २०८३
एकीकृत शैक्षिक क्यालेन्डर लागू गर्न राष्ट्रिय चिकित्सा शिक्षा आयोगको निर्देशन
शुक्रबार, असार १२, २०८३
