नेभिगेशन

नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको अध्यक्षमा डा. होम प्रसाद अधिकारी

नेपाल हेल्थ न्युज, काठमाडौं ।  नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको दोस्रो महाधिवेशनबाट डा. होम प्रसाद अधिकारी अध्यक्षमा निर्वाचित भएका छन्। शनिबार काठमाडौंमा सम्पन्न महाधिवेशनले आगामी तीन वर्षका लागि अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिमा निवर्तमान अध्यक्ष महेन्द्रराज भुसाल सदस्यका रूपमा रहनेछन्। त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा विक्रम अधिकारी निर्वाचित भएका छन्।

प्रदेशगत उपाध्यक्षहरूमा कोशीबाट इन्दु नेपाल योञ्जन, मधेसबाट अभिषेक रोशन, बागमतीबाट अरूण कोइराला, गण्डकीबाट हेमन्त श्रेष्ठ, लुम्बिनीबाट देभेश करण र भक्तबहादुर शाही तथा सुदूरपश्चिमबाट कृष्णराज ढुंगाना निर्वाचित भएका छन्।

संघको महासचिवमा छमबहादुर अधिकारी, सचिवमा समीर शर्मा तथा कोषाध्यक्षमा रोजिका प्रधान निर्वाचित भएका छन्। यस्तै, सदस्यहरूमा क्षितिज खतिवडा, श्रेयशध्वज जोशी, लवेन्द्र कुँवर, प्रकृति आचार्य, जगतलक्ष्मी सुजाखु, हेमकुमार बिडारी, रोशन अधिकारी र विशाल लामिछाने निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको रहने संघले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट