नेपाल हेल्थ न्युज, काठमाडौं । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्रका दुई कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयले जनस्वास्थ्य कार्यालय काठमाडौं र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडाको नेतृत्व परिवर्तन गरेको हो।
मन्त्रालयको निर्णयअनुसार जनस्वास्थ्य कार्यालय काठमाडौंको प्रमुखमा सागर घिमिरेलाई जिम्मेवारी दिइएको छ। घिमिरे केही समयअघि मात्र एघारौं तहमा बढुवा भएका थिए। यसअघि उनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा निमित्त निर्देशकको रूपमा कार्यरत थिए।
यस्तै, जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा. बसन्त अधिकारीलाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडाको प्रमुखको जिम्मेवारी दिइएको छ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका तत्कालीन निर्देशक डा. अर्जुनप्रसाद सापकोटा उमेर हदका कारण अवकाशमा गएपछि उक्त केन्द्रको निमित्त निर्देशकको जिम्मेवारी सागर घिमिरेले सम्हाल्दै आएका थिए। अब घिमिरे काठमाडौं सरुवा भएपछि हेटौंडा केन्द्रको नेतृत्व डा. अधिकारीले सम्हाल्ने भएका छन्। मन्त्रालयले प्रशासनिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले जिम्मेवारी हेरफेर गरिएको जनाएको छ।
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३

