नेपाल हेल्थ न्युज, काठमाडौं । निजामती कर्मचारीलाई सहज, छिटो तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परिसरमा निजामती कर्मचारी अस्पतालको सेवा इकाइ सञ्चालनमा आएको छ।
आजदेखि मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाइ औपचारिक रूपमा सञ्चालनमा आएको हो। मन्त्रालयका अनुसार अब निजामती कर्मचारीहरूले सामान्य स्वास्थ्य परीक्षणका लागि अस्पतालसम्म पुग्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
मन्त्रालयले कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराएर कर्मचारीको समय बचत गर्नुका साथै अस्पतालमा बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न पनि सेवा इकाइ स्थापना गरिएको जनाएको छ।
सेवा इकाइमार्फत निजामती कर्मचारी तथा सेवाग्राहीलाई स्वास्थ्य परीक्षण, रक्तचाप (ब्लड प्रेसर) जाँच, रगत परीक्षण लगायतका आधारभूत स्वास्थ्य सेवाहरू प्रदान गरिनेछ।
सेवा इकाइ सञ्चालनको पहिलो दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पनि रक्तचाप परीक्षण गराउँदै सेवाको शुभारम्भ गरेकी छन्।
मन्त्रालयले आगामी दिनमा सेवा इकाइमार्फत थप स्वास्थ्य सेवाहरू समेत विस्तार गर्दै जाने योजना रहेको जनाएको छ।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
