नेपाल हेल्थ न्युज, काठमाडौं । भक्तपुरको दुधापाटीस्थित भक्तपुर अस्पतालले पहिलो पटक मेरुदण्ड (स्पाइन) भाँचिएको बिरामीको सफल शल्यक्रिया गरेको छ। बागमती प्रदेश सरकारको मातहतमा रहेको अस्पतालमा यो सेवा पहिलोपटक सुरु गरिएको हो।
अस्पतालका अर्थोपेडिक सर्जनहरू डा. मधु पाण्डे, डा. शैलेन्द्र महर्जन, डा. बिनित ढकाल र डा. रोशन ग्वाछाको टोलीले शुक्रबार उक्त शल्यक्रिया सम्पन्न गरेको हो।
सडक दुर्घटनामा परेर गम्भीर रूपमा घाइते भएका भक्तपुरका ४२ वर्षीय पुरुषको ढाडमा गम्भीर चोट लागेको थियो। विस्तृत चिकित्सकीय मूल्यांकन र आवश्यक रेडियोलोजिकल परीक्षणपछि उनको मेरुदण्डको हड्डी भाँचिएको पुष्टि भएको थियो।
शल्यक्रियाको नेतृत्व गरेका डा. पाण्डेका अनुसार आवश्यक पूर्वाधार उपलब्ध नभएकाले यसअघि यस्तो सेवा सञ्चालन हुन सकेको थिएन। यस वर्षदेखि आवश्यक उपकरण र सामग्रीको व्यवस्था भएपछि अस्पतालले स्पाइनल सर्जरी सेवा सुरु गरेको उनले बताए। अब यो सेवा नियमित रूपमा सञ्चालन हुने पनि उनले जानकारी दिए।
अघिल्लो साता मात्रै अस्पतालले घुँडाको जोर्नी प्रत्यारोपण (कृत्रिम घुँडा राख्ने) शल्यक्रिया समेत सुरु गरेको थियो।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
