नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले स्वास्थ्य सेवाका एघारौँ तह .(सहसचिव) का तीन जना चिकित्सकको सरुवा गरेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जारी गरेको सरुवा आदेशअनुसार कोशी प्रदेश सरकारअन्तर्गत स्वास्थ्य सचिवका रूपमा कार्यरत डा. यदुचन्द्र घिमिरेलाई मन्त्रालयमा सरुवा गरिएको छ।
डा. घिमिरेको स्थानमा भेरी अस्पतालमा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. किर्तीपाल सुवेदीलाई कोशी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी दिइएको छ।
केही समयअघि मात्रै एघारौँ तह (सहसचिव) मा बढुवा भएका डा. सुवेदीले भेरी अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा तथा अस्पताल व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएको छ।
यसैगरी, मधेश प्रदेशमा आयुर्वेद सेवातर्फ एघारौँ तहमा कार्यरत डा. रामआधार यादवलाई पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले प्रशासनिक तथा सेवाप्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले उक्त सरुवा गरिएको जनाएको छ।
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३

