नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा आत्मदाह प्रयास गरेका २५ वर्षीय एक युवाको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्। उनको हाल वीर अस्पतालमा उपचार भइरहेको छ।
उपचारमा संलग्न चिकित्सकका अनुसार युवाको अनुहार, घाँटी, छाती, दुवै हात तथा खुट्टाको केही भागमा गम्भीर जलन भएको छ। प्रारम्भिक मूल्याङ्कनअनुसार शरीरको करिब ६० प्रतिशत भाग जलेको अनुमान गरिएको छ।
अस्पतालले आकस्मिक कक्षमा आवश्यक प्राथमिक उपचार, औषधि तथा विभिन्न परीक्षण सम्पन्न गरेपछि बिरामीलाई सघन उपचार कक्ष (आईसीयू) मा सार्ने तयारी गरेको जनाएको छ। एनेस्थेसिया टोलीसँग समन्वय गरेर थप उपचार प्रक्रिया अघि बढाइएको अस्पताल स्रोतले जनाएको छ।
चिकित्सकहरूले बिरामीको अवस्था अझै जोखिमपूर्ण रहे पनि उनी सामान्य रूपमा केही बोल्न सक्ने अवस्थामा रहेको बताएका छन्। जलनका कारण हुन सक्ने सम्भावित जटिलतालाई ध्यानमा राख्दै निरन्तर निगरानीसहित उपचार भइरहेको छ।
स्वास्थ्यकर्मीहरूका अनुसार शरीरको ठूलो भाग जलेका बिरामीमा संक्रमण, श्वासप्रश्वासमा समस्या, शरीरमा तरल पदार्थको कमी तथा अन्य अंगमा असर पर्ने जोखिम उच्च रहने भएकाले प्रारम्भिक २४ देखि ७२ घण्टालाई उपचारका दृष्टिले अत्यन्त संवेदनशील समय मानिन्छ।
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि, २०८३ स्वीकृत
बिहीबार, असार २५, २०८३
अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गर्ने करार कर्मचारी पक्राउ
बिहीबार, असार २५, २०८३
साउन १५ देखि घरघरमै स्वास्थ्य सेवा
बिहीबार, असार २५, २०८३
गेटा अस्पताल अब शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने
बिहीबार, असार २५, २०८३
