नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को दफा १२ बमोजिम गठन हुने अङ्ग प्रत्यारोपण समन्वय समितिको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको छ।
मन्त्रालयले शुक्रबार सूचना प्रकाशित गर्दै आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई आवेदन दिन आग्रह गरेको हो। इच्छुक उम्मेदवारले आफ्नो बायोडाटा, शैक्षिक योग्यता तथा कार्यअनुभव खुल्ने प्रमाणित कागजातसहित २०८३ साउन ४ गते कार्यालय समयभित्र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सिंहदरबारस्थित नीति, योजना तथा अनुगमन महाशाखामा दरखास्त पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।
सूचनाअनुसार अध्यक्ष पदका लागि उम्मेदवार नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञ चिकित्सकका रूपमा स्थायी दर्ता भएको हुनुपर्नेछ। साथै चिकित्सा विज्ञानमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको, विशेषज्ञ चिकित्सकका रूपमा कम्तीमा १० वर्षको कार्यअनुभव भएको तथा स्वास्थ्यसम्बन्धी कानून, नीति र सार्वजनिक निकायको नेतृत्वदायी भूमिकामा काम गरेको अनुभव भएको हुनुपर्नेछ। उम्मेदवार नेपाली नागरिक हुनुपर्ने व्यवस्था पनि गरिएको छ।
मन्त्रालयका अनुसार प्राप्त आवेदनहरूको कागजात परीक्षणपछि योग्यता पुगेका उम्मेदवारहरूको सर्टलिस्ट तयार गरिनेछ। सर्टलिस्टमा परेका उम्मेदवारलाई प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि आमन्त्रण गरिनेछ।
उम्मेदवारको मूल्याङ्कन शैक्षिक योग्यता तथा अनुभवका आधारमा ३० अंक, प्रस्तुतिकरणका लागि ३५ अंक र अन्तर्वार्ताका लागि ३५ अंक गरी कुल १०० पूर्णाङ्कका आधारमा गरिने मन्त्रालयले जनाएको छ। मन्त्रालयले सर्टलिस्टमा परेका उम्मेदवारहरूको प्रस्तुतिकरण र अन्तर्वार्ता एकै दिन सञ्चालन गरिने जानकारी पनि दिएको छ।
थप जानकारीको लागि हेर्नुहोस्:
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
