नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको छ।
मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भई हाल भक्तपुरमा बस्दै आएका नेपालीको वीर अस्पतालको बर्न भेन्टिलेटरमा उपचार भइरहेको थियो। अस्पतालका चिकित्सकले शुक्रबार बिहान ११ बजेर १९ मिनेटमा उनलाई मृत घोषणा गरेका हुन्।
उपचारमा संलग्न प्लास्टिक तथा बर्न सर्जन डा. पियुष दाहालका अनुसार नेपालीको शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेको थियो। साथै आगोको धुवाँ र तातो हावा श्वासप्रश्वासमार्फत फोक्सोसम्म पुगेकाले उनको अवस्था अस्पताल ल्याइएकै समयदेखि अत्यन्त गम्भीर रहेको थियो।
डा. दाहालका अनुसार उनलाई सुरुदेखि नै भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उपचारका क्रममा दुई पटक कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) गर्नुपरेको थियो। पहिलो पटक केही समयका लागि जीवनचिह्न फर्काउन सफल भए पनि दोस्रो पटकको सीपीआरपछि पनि अवस्था सुधार हुन नसकेपछि शुक्रबार बिहान ११ः१९ बजे मृत घोषणा गरिएको अस्पतालले जनाएको छ।
गणेश नेपालीले बिहीबार दिउँसो राहदानी विभाग अगाडिको सडकमा आफ्नो मोटरसाइकल पार्क गरी शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घटनापछि उनलाई तत्काल उद्धार गरी वीर अस्पताल पुर्याइएको थियो। घटनाको कारणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
