नेपाल हेल्थ न्युज, काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारका क्रममा काठमाडौंमा निधन भएको छ।
शुक्रबार गम्भीर अवस्थामा हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको थियो।
अस्पतालका अनुसार उनको शरीरको करिब ८५ प्रतिशत भाग जलेको थियो। उपचारकै क्रममा आज बिहान २ः०५ बजे उनको मृत्यु भएको हो।
प्राप्त जानकारीअनुसार मण्डलले शुक्रबार आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। घटना उनको घरबाट केही दूरीमा भएको बताइएको छ। गम्भीर अवस्थामा रहेका उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याइएको थियो।
यसअघि पनि काठमाडौंमा यस्तै प्रकृतिका घटनाहरू भएका छन्। मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएको थियो भने बुद्धनगर क्षेत्रमा पनि अर्को आत्मदाहको घटना सार्वजनिक भएको छ।
यी घटनाले मानसिक स्वास्थ्य, व्यक्तिगत संकट तथा समयमै सहयोग उपलब्ध गराउने प्रणालीबारे पुनः गम्भीर बहस आवश्यक रहेको देखिएको छ। सम्बन्धित निकायले घटनाबारे थप अनुसन्धान गरिरहेका छन्।
बीपी प्रतिष्ठानकी नवनियुक्त उपकुलपति प्रा.डा. स्मृति कार्कीद्वारा पदभार ग्रहण
मंगलबार, असार ३०, २०८३
स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको सांसद तामाङको टिप्पणी
मंगलबार, असार ३०, २०८३
गर्मीयाममा स्वस्थ रहन अपनाउनुपर्ने ७ प्रभावकारी उपाय
मंगलबार, असार ३०, २०८३
कर्णालीमा निःशुल्क मृर्गौला प्रत्यारोपण
मंगलबार, असार ३०, २०८३
