नेपाल हेल्थ न्युज, काठमाडौं । संघीय संसदअन्तर्गत अर्थ समितिको मंगलबार बसेको बैठकमा प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टीका सांसद पर्शुराम तामाङले नेपालको स्वास्थ्य बीमा कार्यक्रम अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको धारणा व्यक्त गर्नुभएको छ।
बैठकमा बोल्दै सांसद तामाङले स्वास्थ्य बीमाको कार्यान्वयन, पहुँच तथा समग्र प्रभावकारिताबारे गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभयो। उहाँले स्वास्थ्य बीमासम्बन्धी सरकारी तथ्यांक र व्यवहारिक अवस्थाबीच उल्लेखनीय अन्तर देखिएको दाबी गर्दै सेवा विस्तार र गुणस्तर सुधारका लागि स्पष्ट योजना ल्याउन सरकारसँग आग्रह गर्नुभयो।
उहाँका अनुसार स्वास्थ्य बीमाको पहुँच ५१ प्रतिशत पुगेको भनिए पनि वास्तविक रूपमा सेवा उपयोग गर्ने नागरिकको संख्या निकै कम रहेको देखिन्छ। त्यसैले बीमा कार्यक्रममा नागरिकको सहभागिता बढाउने र सेवा प्रभावकारी बनाउनेतर्फ विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो।
सांसद तामाङले बैठकमा नेपालको वित्तीय तथा आर्थिक संरचनाबारे पनि चासो व्यक्त गर्नुभयो। बैंक, बीमा र औद्योगिक क्षेत्रमा एउटै व्यावसायिक समूहको लगानी हुँदा स्वार्थको द्वन्द्व तथा वित्तीय जोखिम बढ्न सक्ने उहाँको भनाइ थियो।
उहाँले सीमित व्यवसायिक घरानाको प्रभाव अर्थतन्त्रका विभिन्न क्षेत्रमा फैलिएको उल्लेख गर्दै इजाजतपत्र प्रदान गर्ने चरणदेखि नै बैंक, बीमा र उद्योगबीच स्पष्ट छुट्टै स्वामित्व तथा नियामकीय व्यवस्था आवश्यक रहेको धारणा राख्नुभयो।
एउटा क्षेत्रको वित्तीय समस्या अर्को क्षेत्रमा पनि सर्न सक्ने भएकाले यस्ता जोखिम न्यूनीकरण गर्न कानुनी तथा नीतिगत सुधार आवश्यक रहेको उहाँको सुझाव थियो।
बैठकका क्रममा अन्य सांसदहरूले कृषि बीमाको न्यून पहुँचबारे उठाएका विषयमा पनि समर्थन जनाउँदै सांसद तामाङले समग्र बीमा क्षेत्रलाई थप पारदर्शी, पहुँचयोग्य र प्रभावकारी बनाउन नीतिगत सुधार अपरिहार्य रहेको बताउनुभयो।
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३

