नेपाल हेल्थ न्युज, भरतपुर । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नवनियुक्त अध्यक्ष वाईपी सिंहले अस्पताललाई राष्ट्रिय रूपमा विश्वासिलो तथा अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त क्यान्सर उपचार, अनुसन्धान, शिक्षा र नवप्रवर्तनको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्ने आफ्नो दीर्घकालीन दृष्टि सार्वजनिक गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत आफ्नो अवधारणा सार्वजनिक गर्दै उहाँले अस्पतालको समग्र विकासका लागि पाँच प्रमुख रणनीतिक प्राथमिकता तय गरिएको बताउनुभएको छ ।
सबै नागरिकलाई गुणस्तरीय क्यान्सर सेवामा पहुँच
डा. सिंहले पहिलो प्राथमिकताका रूपमा देशभरका सबै नागरिकलाई गुणस्तरीय क्यान्सर सेवामा समान पहुँच सुनिश्चित गर्ने लक्ष्य रहेको बताउनुभएको छ । उहाँका अनुसार भौगोलिक अवस्था वा आर्थिक हैसियतका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुनु हुँदैन।
यसका लागि समयमै रोग पहिचान, सुलभ उपचार, करुणामय सेवा, समुदायस्तरीय पहुँच विस्तार, प्रारम्भिक पहिचान (स्क्रिनिङ) कार्यक्रम तथा प्रभावकारी रिफरल प्रणालीलाई थप सुदृढ गरिने उहाँले उल्लेख गर्नुभएको छ ।
डिजिटल रूपान्तरणमा जोड
दोस्रो प्राथमिकतामा उनले आधुनिक स्वास्थ्य सेवाको आधारका रूपमा डिजिटल रूपान्तरणलाई अघि सार्नुभएको छ । एकीकृत विद्युतीय स्वास्थ्य अभिलेख , डिजिटल डायग्नोस्टिक्स, टेली–अन्कोलोजी, आवश्यकताअनुसार कृत्रिम एआईको प्रयोग, तथ्यांकमा आधारित निर्णय प्रणाली तथा स्मार्ट अस्पताल अवधारणालाई कार्यान्वयन गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने उहाँको भनाइ छ।
उहाँले डिजिटल प्रविधिले स्वास्थ्यकर्मी र बिरामी दुवैलाई सशक्त बनाउने तथा अस्पताललाई भविष्यका चुनौती सामना गर्न सक्षम बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
अनुसन्धान र शैक्षिक उत्कृष्टता
तेस्रो प्राथमिकतामा डा. सिंहले अनुसन्धान, नवप्रवर्तन र शैक्षिक उत्कृष्टतालाई जोड दिनुभएको छ । क्यान्सर रोगको प्रकृति परिवर्तन भइरहेका बेला नेपालले आफ्नै अनुसन्धानबाट प्रमाण सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले क्लिनिकल तथा जनस्वास्थ्यसम्बन्धी अनुसन्धानलाई प्रोत्साहन गरिने बताउनुभएको छ ।
युवा अनुसन्धानकर्तालाई सहयोग गर्ने, बहुविषयगत अनुसन्धानलाई बढावा दिने तथा विश्वविद्यालय र अनुसन्धान संस्थासँग सहकार्य विस्तार गरिने उहाँको योजना छ।
अन्तर्राष्ट्रिय सहकार्य विस्तार
अस्पतालको विकासका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई पनि प्रमुख प्राथमिकतामा राखिएको छ। डा. सिंहका अनुसार विश्वका अग्रणी क्यान्सर अस्पताल, अन्तर्राष्ट्रिय संस्था, शैक्षिक प्रतिष्ठान तथा विकास साझेदारसँग सहकार्य गर्दै ज्ञान आदान–प्रदान, व्यावसायिक तालिम, संयुक्त अनुसन्धान, प्रविधि हस्तान्तरण तथा अन्तर्राष्ट्रिय नेटवर्क विस्तार गरिनेछ।
दक्ष जनशक्ति र सुशासनमा विशेष ध्यान
उहाँले संस्थाको सबैभन्दा ठूलो शक्ति दक्ष, प्रेरित र समर्पित जनशक्ति भएको उल्लेख गर्दै निरन्तर सिकाइ, व्यावसायिक विकास, टोलीगत कार्यसंस्कृति, जवाफदेहिता र उत्कृष्टतालाई संस्थागत संस्कृतिका रूपमा विकास गरिने बताउनुभएको छ ।
यससँगै सुशासनलाई संस्थागत विकासको आधार बनाइने उहाँले स्पष्ट पार्नुभएको छ । पारदर्शिता, जवाफदेहिता, इमानदारी, वित्तीय दिगोपन र प्रभावकारी व्यवस्थापनलाई संस्थाको मूल मार्गदर्शक सिद्धान्तका रूपमा अघि बढाइने उहाँको भनाइ छ।
डा। सिंहले जनविश्वास नै अस्पतालको सबैभन्दा ठूलो सम्पत्ति भएकाले जिम्मेवार नेतृत्व, नैतिक आचरण र गुणस्तरीय सेवामार्फत त्यसलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गगर्नुभएको छ ।
निजी स्वास्थ्य सेवामा भोलिदेखि ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ लागू, उपचार खर्च बढ्ने
बिहीबार, असार ३२, २०८३
करिब १०० दिनमै निःशुल्क स्वास्थ्य पोर्टलबाट २,२०० भन्दा बढी नागरिक लाभान्वित
बिहीबार, असार ३२, २०८३
छोरीको कलेजो दानबाट बुबाले पाए नयाँ जीवन, किस्टमा १७औँ सफल प्रत्यारोपण
बिहीबार, असार ३२, २०८३
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
बिहीबार, असार ३२, २०८३
