नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत बिदा नलिई लगातार ६० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित रहेका २३ जना नेपाल स्वास्थ्य सेवाका कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।
मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ को उपदफा (१) को खण्ड (ज) बमोजिम ती कर्मचारीहरूलाई सेवाबाट किन नहटाउने भन्ने विषयमा १५ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।
सूचनाअनुसार सम्बन्धित कर्मचारीहरूले चित्तबुझ्दो कारणसहितको सफाइ पेस गर्न नसके वा तोकिएको समयभित्र स्पष्टीकरण नदिए नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७२ को खण्ड (ख) को उपखण्ड (१) बमोजिम भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।
कारबाही प्रक्रियामा वीर अस्पताल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, कान्ति बाल अस्पताल महाराजगञ्ज तथा आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत कर्मचारीहरू परेका छन्।
स्पष्टीकरण माग गरिएका कर्मचारीहरूमा नवौँ तहका कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. अमित रौनियार, कन्सल्टेन्ट पेडियाट्रिक सर्जन डा. मृदुल प्रसाद जोशी, विभिन्न तहका मेडिकल अधिकृत, नर्सिङ अधिकृत, अस्पताल नर्सिङ निरीक्षक, मेडिकल ल्याब टेक्नोलोजिस्ट तथा स्टाफ नर्सहरू रहेका छन्।
मन्त्रालयले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आधिकारिक स्पष्टीकरण पेस गर्न आग्रह गर्दै तोकिएको अवधिभित्र सफाइ नआए प्रचलित कानुनबमोजिम विभागीय कारबाही अगाडि बढाइने स्पष्ट गरेको छ।

जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
