नेपाल हेल्थ न्युज, ललितपुर । ललितपुरस्थित किस्ट शिक्षण अस्पतालअन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टरले निजी क्षेत्रतर्फ आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ।
अस्पतालका अनुसार बाँकेको कोहलपुर निवासी ५९ वर्षीय पुरुषलाई उनकी ३७ वर्षीया छोरीले कलेजोको अंश दान गरेपछि असार १५ गते सफल प्रत्यारोपण गरिएको हो। शल्यक्रियापछि दाता (छोरी) र ग्राही (बुबा) दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको तथा उपचारपछि उनीहरू अस्पतालबाट डिस्चार्ज भइसकेको अस्पतालले जनाएको छ।
अस्पतालले यस सफल प्रत्यारोपणलाई आधुनिक चिकित्सा विज्ञानसँगै परिवारको निस्वार्थ प्रेम, त्याग र समर्पणको प्रेरणादायी उदाहरणका रूपमा व्याख्या गरेको छ।
यस उपलब्धिसँगै किस्ट ट्रान्सप्लान्ट सेन्टरले नेपालको प्रत्यारोपण सेवामा अर्को महत्त्वपूर्ण सफलता हासिल गरेको अस्पतालको दाबी छ। अत्याधुनिक प्रविधियुक्त पूर्वाधार, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उपचार प्रणाली, अनुभवी प्रत्यारोपण विशेषज्ञहरूको समर्पित टोली तथा बहुविशेषज्ञीय उपचार पद्धतिका कारण अस्पताल प्रत्यारोपण सेवामा विश्वासिलो गन्तव्यका रूपमा स्थापित हुँदै गएको जनाएको छ।
अस्पताल व्यवस्थापनले सफल प्रत्यारोपणमा संलग्न प्रत्यारोपण विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट, नर्सिङ टोली, सघन उपचार कक्ष (आईसीयू), प्रयोगशाला, रक्त बैंक तथा अन्य स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेको छ। साथै, आफ्नो कलेजोको अंश दान गरेर बुबालाई नयाँ जीवन दिने छोरीको साहस, समर्पण र मानवीय संवेदनालाई सम्पूर्ण समाजका लागि प्रेरणादायी उदाहरणका रूपमा उल्लेख गरेको छ।
किस्ट शिक्षण अस्पतालले आगामी दिनमा पनि अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ तथा विश्वस्तरीय उपचार सेवामार्फत नेपालमै सुरक्षित, गुणस्तरीय र सहज पहुँचयोग्य कलेजो तथा मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध गराउँदै स्वास्थ्य सेवामा उत्कृष्टता कायम राख्ने प्रतिबद्धता जनाएको छ।
निजी स्वास्थ्य सेवामा भोलिदेखि ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ लागू, उपचार खर्च बढ्ने
बिहीबार, असार ३२, २०८३
करिब १०० दिनमै निःशुल्क स्वास्थ्य पोर्टलबाट २,२०० भन्दा बढी नागरिक लाभान्वित
बिहीबार, असार ३२, २०८३
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
बिहीबार, असार ३२, २०८३
स्वीकृत बिदाबिना कार्यालय नआएका २३ स्वास्थ्यकर्मी कारबाहीको दायरामा (सूचीसहित)
बिहीबार, असार ३२, २०८३
