नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयद्वारा सञ्चालनमा ल्याइएको निःशुल्क स्वास्थ्य पोर्टल मार्फत स्वास्थ्य सेवा प्रवाह थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बन्दै गएको छ।
पोर्टल सञ्चालनमा आएको करिब ९० दिनको अवधिमा २,२०० भन्दा बढी आर्थिक रूपमा विपन्न तथा लक्षित वर्गका नागरिकले निःशुल्क स्वास्थ्य सेवाको लाभ प्राप्त गरेका छन्।
नेपालको संविधानले सुनिश्चित गरेको आधारभूत स्वास्थ्य सेवाको अधिकार लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस पोर्टलमार्फत देशभरका २१३ अस्पताल मा उपलब्ध निःशुल्क शय्याको विवरण रियल–टाइममा हेर्न सकिन्छ। हाल देशभर रहेका २३,४५६ शय्यामध्ये २,३५६ शय्या निःशुल्क सेवाका लागि छुट्याइएका छन्।
यस पोर्टलले सेवाग्राहीलाई अस्पतालमा उपलब्ध निःशुल्क शय्याको अवस्थाबारे सहज जानकारी उपलब्ध गराउनुका साथै उपचार सेवामा नागरिकको पहुँच विस्तार, स्वास्थ्य सेवा प्रवाहमा पारदर्शिता, उत्तरदायित्व र प्रविधिमैत्री व्यवस्थापनलाई थप सुदृढ बनाएको छ।
मन्त्रालयले पोर्टलमार्फत प्रदान गरिने सेवाको दायरा क्रमशः विस्तार गर्दै अस्पतालहरूमा उपलब्ध अन्य स्वास्थ्य सेवासम्बन्धी विवरणसमेत समावेश गर्ने कार्यलाई निरन्तर अघि बढाइरहेको छ। डिजिटल प्रविधिको अधिकतम उपयोगमार्फत नागरिकलाई सहज, सरल र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने मन्त्रालयको प्रतिबद्धता निरन्तर रहनेछ।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
