नेपाल हेल्थ न्युज, वीरगञ्ज । नेपाल चिकित्सक संघले शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डा. प्रमोद राममाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेको छ ।
संघले आज विज्ञप्ति जारी गर्दै डा राममाथि शनिबार बेलुका करिब ४०–५० जनाको समूहले मरणासन्न हुनेगरी सांघातिक आक्रमण गरेको जनाउँदै घटनाको भर्त्सना गरेको छ ।
शनिबार बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका मुटुसम्बन्धी समस्याका बिरामी र घटनाको यथार्थ नबुझी अस्पतालको अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरी आतंक सृजना गरिएको र सोही क्रममा डा राममाथि सांघातिक आक्रमण गरिएको संघको भनाइ छ ।
संघले भनेको छ, ‘स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रलाई आतङ्कित पार्नेगरी पठाइएको यस्तो आपराधिक घटनामा संलग्न दोषीहरूलाई अविलम्ब कानुनको दायरामा ल्याई कानुनबमोजिम कडा कारबाही गरी सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन संघ नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’ रासस
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितलाई भारतीय औषधी कम्पनीको १ करोड ५० लाख सहयोग
शुक्रबार, भदौ २६, २०८३

