नेपाल हेल्थ न्युज, बुटवल । लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालय मातहत रहेको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले सेवा करारमा विभिन्न पदका कर्मचारी भर्नाका लागि आवेदन आह्वान गरेको छ।
अस्पतालले आर्थिक वर्ष २०८३/८४ को असार मसान्तसम्मका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न लुम्बिनी प्रदेश सरकारको करार कर्मचारी व्यवस्थापन कार्यविधि, २०८० ९पछिल्लो संशोधन० बमोजिम खुला प्रतिस्पर्धाबाट कर्मचारी छनोट गर्न सूचना प्रकाशित गरेको हो।
सूचनाअनुसार मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याब टेक्निसियन, हेल्थ असिस्टेन्ट ९एचए०, कम्प्युटर अपरेटर तथा अहेव (ANM/AHW) लगायतका पदमा सेवा करारमा कर्मचारी नियुक्त गरिनेछ। पदअनुसार न्यूनतम शैक्षिक योग्यता प्रदेश निजामती सेवा नियमावली तथा सम्बन्धित मापदण्डअनुसार हुनुपर्ने उल्लेख गरिएको छ।
इच्छुक नेपाली नागरिकले आवश्यक कागजात तथा राजस्व तिरेको बैंक भौचर सहित सूचना प्रकाशित भएको मितिले १० दिनभित्र कार्यालय समयभित्र लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा आवेदन बुझाउनुपर्नेछ। आवेदन दिने अन्तिम मिति २०८३ साउन २१ गते तोकिएको छ।
दरखास्त फाराम लुम्बिनी प्रादेशिक अस्पतालको वेबसाइटबाट डाउनलोड गर्न सकिने जनाइएको छ। साथै, विस्तृत जानकारी अस्पतालको सूचना पाटी तथा वेबसाइटमा उपलब्ध रहेको अस्पताल प्रशासनले जनाएको छ।

टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

