नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को अध्यक्षतामा बसेको आयोगको २७औँ बैठकले उक्त बजेट तथा कार्यक्रम स्वीकृत गरेको हो।
स्वीकृत बजेटमध्ये नेपाल सरकारबाट ५ अर्ब ९९ करोड २१ लाख रुपैयाँ विनियोजन गरिएको छ भने आयोगको आन्तरिक स्रोतबाट ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ खर्च गरिनेछ।
आयोगका अनुसार गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म आन्तरिक स्रोतमा ९९ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ बचत रहेको थियो। चालु आर्थिक वर्षमा विभिन्न आन्तरिक स्रोतबाट थप ३५ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यससँगै आन्तरिक स्रोतमा उपलब्ध कुल १ अर्ब ३४ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ मध्ये चालु आर्थिक वर्षका लागि ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ खर्च गर्ने निर्णय गरिएको हो।
आन्तरिक स्रोतबाट विनियोजित रकममध्ये ४७ करोड ४२ लाख ९८ हजार रुपैयाँ चालु खर्च र ८ करोड ६२ लाख रुपैयाँ पुँजीगत खर्च शीर्षकमा छुट्याइएको आयोगले जनाएको छ।
बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्राडा. देवेन्द्रबहादुर खत्री, सदस्य सचिव एवं सहसचिव बसन्तप्रसाद कोइराला लगायतको सहभागिता रहेको थियो।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
