नेपाल हेल्थ न्युज, काठमाडौं । भक्तपुर अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)मा बिरामीले भर्ना नपाएको भन्दै आफन्तले तोडफोड गरेका छन्।
अस्पतालमा बिरामीलाई भर्ना गर्न दबाब दिँदै बुधबार बेलुकी आफन्तहरूले तोडफोड गरेको अस्पतालले जनाएको छ।
अस्पतालका निमित्त निर्देशक डा. त्रिभुवन चन्द्र झाले भर्नाको लागि दबाब दिँदै २० देखि २५ जनाको समूहले कार्यरत चिकित्सक, आइसीयू र इमरजेन्सीमा काम गर्ने कर्मचारीलाई धम्क्याएको जानकारी दिए ।
डा. झाले भने,‘८२ वर्षीय जेष्ठ नागरिक महिलालाई दम भएर बिहान डिस्चार्ज गरेका थियौँ । बेलुकी आफन्त आएर भर्ना गर्न दबाब दिनुभयो। हामीसँग पर्याप्त जनशक्ति पनि छैन। बेड संख्या कम छ, आइसीयूमा भर्ना गर्नुपर्छ भन्दै आउनुभएको थियो।’ उनले बिरामीका आफन्तहरूले हातमा फर्सेपले हानेको र आईसीयूका औषधिको बोतल फुटालेको बताए ।
प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
आईसीयूबाट अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण
सोमबार, भदौ २९, २०८३
बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
सोमबार, भदौ २९, २०८३
दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री रोक्न सरकारको निर्देशन
सोमबार, भदौ २९, २०८३
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
सोमबार, भदौ २९, २०८३
