नेभिगेशन

यस्तो छ स्वास्थ्य सेवा कर्मचारीको तलबः कुन तहको कति ?

नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले स्वास्थ्य सेवा कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ। नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ साउन ६ गते बसेको बैठकले २०८३ साउन १ गतेदेखि लागू हुनेगरी स्वास्थ्य सेवासहित निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारी (निवृत्तभरण प्रयोजनसमेत) को नयाँ तलबमान, ग्रेड र प्रोत्साहन भत्ता स्वीकृत गरेको हो।

सरकारको निर्णयअनुसार कर्मचारीले वृद्धि भएको तलबमानमा एक दिनको तलब बराबरको ग्रेड रकम प्राप्त गर्नेछन्। साथै, ग्रेडपछि कायम हुने तलबमानको १० प्रतिशत रकम मासिक प्रोत्साहन भत्ताका रूपमा उपलब्ध गराइनेछ।

talab-scale-1786081477.jpeg
सरकारले स्वीकृत गरेको यो नयाँ तलब संरचना २०८३ साउन १ गतेदेखि लागू हुनेछ। यसअनुसार स्वास्थ्य सेवा कर्मचारीले नयाँ तलबमानसँगै ग्रेड र मासिक १० प्रतिशत प्रोत्साहन भत्ताको सुविधा पनि पाउनेछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट