नेपाल हेल्थ न्युज, काठमाडौं । पछिल्लो ५५ दिनमा देशभर जापानी इन्सेफलाइटिसबाट ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार असार र साउन महिनामा ४६ जना जापानी इन्सेफलाइटिसबाट संक्रमित भएका छन् ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले असार र साउन महिनाको तथ्यांक विश्लेषण गर्दा ९ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।
उपलब्ध तथ्यांकअनुसार जापानी इन्सेफलाइटिसबाट सबैभन्दा बढी मृत्यु कोशी प्रदेशमा भएको छ । कोशी प्रदेशमा मात्रै ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाका ३ जना तथा इलाम, मोरङ र सुनसरीका एक–एक जना रहेका छन् ।
त्यस्तै, मधेस प्रदेशका बारा, धनुषा, महोत्तरी, पर्सा, रौतहट र सप्तरीमा गरी ११ जना जापानी इन्सेफलाइटिसबाट प्रभावित भएका छन् । तीमध्ये धनुषा र रौतहटका एक–एक जनाको मृत्यु भएको छ ।
यसैगरी दाङमा पनि जापानी इन्सेफलाइटिसबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीका अनुसार जापानी इन्सेफलाइटिसबाट संक्रमित हुने तथा मृत्यु हुनेमध्ये अधिकांशले खोप नलगाएको पाइएको छ । चिकित्सकहरूका अनुसार संक्रमित लामखुट्टेको टोकाइबाट जापानी इन्सेफलाइटिस सर्ने गर्छ । यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।
स्वास्थ्यकर्मीहरूले जापानी इन्सेफलाइटिसबाट बच्न समयमै खोप लगाउन तथा लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।
वीर अस्पतालमा शिक्षाध्यक्ष, रजिष्ट्रार र डीनका लागि दरखास्त आह्वान
मंगलबार, साउन २६, २०८३
नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होम संस्थाबिच सहकार्य
मंगलबार, साउन २६, २०८३
चार महिनादेखि पदाधिकारीविहीन वीर अस्पताल, खरिद प्रक्रिया ठप्प
मंगलबार, साउन २६, २०८३

