नेपाल हेल्थ न्युज, काठमाडौं । घरमै स्वास्थ्य सेवा लिन चाहने बिरामीलाई लक्षित गर्दै नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेड र हेल्थ एट होमबीच सहकार्य भएको छ ।
सहकार्यअनुसार अब नर्भिक अस्पतालका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको टोलीले आवश्यकताअनुसार बिरामीको घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्नेछ । सेवा लिन चाहने बिरामी तथा परिवारले हेल्थ एट होमको कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।
सम्झौताअनुसार बिरामीले घरमै होम नर्सिङ, चिकित्सकीय परामर्श, फिजियोथेरापी तथा पुनर्स्थापना सेवा, ल्याब परीक्षणका लागि नमुना संकलन, पोस्ट–अपरेटिभ केयर, आवश्यक फलोअप तथा मासिक स्वास्थ्य परीक्षणलगायतका सेवा प्राप्त गर्न सक्नेछन् ।
घरमै स्वास्थ्य सेवा लिइरहेका बिरामीलाई थप विशेषज्ञ उपचार वा अस्पताल भर्ना आवश्यक देखिएमा नर्भिक इन्टरनेशनल हस्पिटलमा उचित रेफरल तथा समन्वयको व्यवस्था गरिने जनाइएको छ । यसले बिरामीको अवस्थाअनुसार समयमै आवश्यक उपचार तथा विशेषज्ञ सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ ।
सहकार्यबाट विशेषगरी अस्पतालबाट डिस्चार्ज भएपछि नियमित हेरचाह आवश्यक पर्ने बिरामी, ज्येष्ठ नागरिक, दीर्घरोगी, शल्यक्रियापछि पुनर्स्थापनामा रहेका तथा अस्पतालसम्म पुग्न कठिन हुने बिरामी लाभान्वित हुने विश्वास गरिएको छ ।
सहकार्यअन्तर्गत दुवै संस्थाबीच स्वास्थ्यकर्मीको तालिम, ज्ञान तथा अनुभव आदान–प्रदान र बिरामीको हेरचाहसम्बन्धी आवश्यक समन्वयसमेत गरिने नर्भिकले जनाएको छ ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा मनाइयो विश्व स्ट्रोक दिवस
बिहीबार, कात्तिक १२, २०८३
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग मन्त्री मेहताको कार्यसम्पादन सम्झौता
बिहीबार, कात्तिक १२, २०८३
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा कर्मचारी माग, कात्तिक २१ गतेसम्म आवेदन दिन सकिने
बिहीबार, कात्तिक १२, २०८३
बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
बिहीबार, कात्तिक १२, २०८३
