नेभिगेशन

नेपाल मुख तथा अनुहार रोगशास्त्र विशेषज्ञ संघको अध्यक्षमा डा. वर्षा बज्राचार्य

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मुख तथा अनुहार रोगशास्त्र विशेषज्ञ संघले नयाँ नेतृत्व पाएको छ। शनिबार आयोजित संघको साधारणसभाबाट डा. वर्षा बज्राचार्यको नेतृत्वमा नौ सदस्यीय कार्यसमिति चयन गरिएको हो।

साधारणसभाले नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई सर्वसम्मत रूपमा चयन गरेको संघले जनाएको छ। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा. प्रतिभा पौडेल, महासचिवमा डा. विधाता ओझा, सहसचिवमा डा. प्रदीप भण्डारी र कोषाध्यक्षमा डा. राधा बराल रहेका छन्।

त्यसैगरी कार्यसमिति सदस्यमा डा. प्रतीक्षा घिमिरे, डा. प्रिती सिंह, डा. दीपिका गौतम र डा. होनिया राउत चयन भएका छन्।

नयाँ नेतृत्वले मुख तथा अनुहार रोगशास्त्रसम्बन्धी विशेषज्ञ सेवा, चिकित्सकीय अभ्यास तथा पेशागत क्षेत्रमा संघको भूमिका थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट