नेपाल हेल्थ न्युज, काठमाडौं । ललितपुर महानगरपालिकाले चिकित्सकसहितको निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । आकस्मिक बिरामीलाई घटनास्थलमै प्रारम्भिक उपचार उपलब्ध गराउँदै अस्पतालसम्म पुर्याउने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको हो ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सोमबार सेवाको शुभारम्भ गर्दै ‘गोल्डेन टाइम’ मा उपचार उपलब्ध गराउन यस्तो सेवाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । ट्राफिक जाम वा अन्य अवरोधका कारण अस्पताल पुग्न ढिलाइ हुँदा बिरामीको अवस्था जटिल बन्न सक्ने भन्दै उहाँले स्वास्थ्य मन्त्रालयबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नविशमानसिंह प्रधानले चिकित्सकसहितको एम्बुलेन्स सेवा नेपालमै नयाँ अवधारणा भएको उल्लेख गर्दै यसले अस्पताल पुग्नुअघिको उपचार प्रणालीलाई प्रभावकारी बनाउने बताउनुभयो ।
महानगर प्रमुख चिरिबाबु महर्जनले फिलिपिन्सको माकाती सहरमा यस्तो सेवा देखेपछि ललितपुरमा पनि सुरु गर्ने अवधारणा अघि बढाइएको बताउनुभयो । उहाँका अनुसार नवौँ नगरसभाबाट प्रस्ताव पारित भएपछि बजेट व्यवस्थापन गरी सेवा सञ्चालनमा ल्याइएको हो । एम्बुलेन्सले फोन आएको १५ मिनेटभित्र घटनास्थल पुग्ने लक्ष्य राखिएको छ । -न्युज एजेन्सी नेपाल
सेवा सञ्चालनका लागि महानगर र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य भएको छ । प्रतिष्ठानले चिकित्सक उपलब्ध गराउने र सेवा–सुविधासम्बन्धी खर्च महानगरपालिकाले व्यहोर्ने समझदारी भएको छ । बिरामीलाई उनीहरूको इच्छाअनुसार रोजेको अस्पतालसम्म पुर्याइने व्यवस्था गरिएको महानगरले जनाएको छ ।
गजेन्द्रनारायण सिंह अस्पताल एक सय शय्यामा विस्तार गरिने
सोमबार, भदौ १, २०८३
स्वास्थ्य मन्त्रालयको नाम फेरि परिवर्तन हुने
सोमबार, भदौ १, २०८३
इन्टर्न डाक्टरहरूको मासिक निर्वाह भत्तालाई निरन्तरता दिइने
आइतबार, साउन ३१, २०८३
