नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त भएका छन्। नवनियुक्त अध्यक्ष पौडेलले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
डा. पौडेल वरिष्ठ नाक, कान तथा घाँटी (ईएनटी) विशेषज्ञ हुन्। उनी हाल नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा नाक, कान तथा घाँटी विभागका प्रमुख तथा प्राध्यापकका रूपमा कार्यरत छन्।
यसअघि डा. पौडेलले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका थिए।
उनले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानबाट नाक, कान तथा घाँटी शल्यचिकित्सामा एमएस ९ःक्० गोल्ड मेडलसहित उत्तीर्ण गरेका हुन्। उनले सोही संस्थानबाट एमबीबीएस अध्ययन पूरा गरेका थिए।
डा. पौडेलले नेपाल मेडिकल काउन्सिलको नैतिकता तथा परीक्षा समितिका कार्यकारी सदस्य तथा समन्वयकर्ताका रूपमा समेत जिम्मेवारी निर्वाह गरिसकेका छन्।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सगुन पौडेल नियुक्त
बुधबार, भदौ ३, २०८३
स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत, अन्य पदमा को-को?
बुधबार, भदौ ३, २०८३
भाइरल ज्वरो र मौसमी रुघाखोकी कसरी बच्ने ?
मंगलबार, भदौ २, २०८३

