नेभिगेशन

डा. गणेश दंगाल एफआईसीओजी मानार्थ फेलोसिपबाट सम्मानित

नेपाल हेल्थ न्युज, काठमाडौं । वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश दंगाल भारतको प्रतिष्ठित संस्था ‘इन्डियन कलेज अफ अब्स्टेट्रिसियन्स एन्ड गाइनोकोलोजिस्ट्स’ (आईसीओजी) को मानार्थ फेलोसिप (एफआईसीओजी) बाट सम्मानित भएका छन्।

महिला स्वास्थ्य, प्रसूति सेवा, चिकित्सा शिक्षा तथा स्वास्थ्य अनुसन्धानका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै डा. दंगाललाई उक्त अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको हो।

हाल काठमाडौं मोडल अस्पतालमा प्राध्यापक तथा वरिष्ठ परामर्शदाताका रूपमा कार्यरत डा. दंगाल नेपाल मेडिसिटी अस्पतालको स्त्रीरोग तथा प्रसूति विभागका ‘प्रिन्सिपल कन्सल्टेन्ट’ तथा विभागीय प्रमुखसमेत हुन्। उनी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का बोर्ड सदस्य पनि हुन्।

डा. दंगाल नेपाल सोसाइटी अफ अब्स्टेट्रिसियन्स एन्ड गाइनोकोलोजिस्ट्स (नेसोग) का पूर्वअध्यक्ष तथा ‘जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल’का पूर्वसम्पादक–इन–चिफ हुन्।

विशेषगरी पाठेघरको मुखको क्यान्सरको रोकथाम तथा स्क्रिनिङसम्बन्धी देशका पाँच ठूला तृतीय तहका अस्पतालमा भएका अनुसन्धान तथा दर्जनौँ वैज्ञानिक प्रकाशनमा उनको महत्त्वपूर्ण योगदान रहेको छ।

सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै प्रा. डा. दंगालले एफआईसीओजी सम्मानले महिला स्वास्थ्यको क्षेत्रमा अझ ऊर्जा र समर्पणका साथ काम गर्न आफूलाई प्रेरणा मिलेको बताए। उनले आफ्नो व्यावसायिक यात्रामा मार्गदर्शन गर्ने गुरुजन, सहकर्मी, विद्यार्थी, परिवार तथा बिरामीहरूप्रति आभार व्यक्त गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट