नेपाल हेल्थ न्युज, मेलबर्न । अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको संक्रमण पुष्टि भएको छ । दक्षिण अस्ट्रेलिया राज्यमा ‘लङ–नोज्ड फर सिल’ नामक समुद्री स्तनधारी जीवमा भाइरसको संक्रमण देखिएपछि अधिकारीहरूले पुष्टि गरेका हुन् ।
कृषि, मत्स्यपालन तथा वनमन्त्री जुली कोलिन्सले संक्रमित सिल दक्षिण अस्ट्रेलियाको राजधानी एडिलेडबाट करिब ३ सय किलोमिटर दक्षिणमा रहेको बीचपोर्टमा फेला परेको बताइन् । अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको संक्रमण पुष्टि भएको यो पहिलो घटना हो, उनले भनिन् ।
संक्रमित जंगली चरा वा तिनको सम्पर्कमा आएपछि सिलमा भाइरस सरेको हुन सक्ने उनको भनाइ छ । हालसम्म यो घटना अन्य बिरामी वा मृत समुद्री स्तनधारी जीवसँग सम्बन्धित रहेको कुनै प्रमाण फेला नपरेको पनि उनले बताइन् । रासस/ सिन्ह्वा
प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
त्रिवि शिक्षण अस्पतालमा गर्भमै रहेको बच्चाको एनिमियाको सफल उपचार
आइतबार, भदौ ७, २०८३
सल्यानमा स्क्रबटाइफस संक्रमण बढ्दो, एक जनाको मृत्यु
आइतबार, भदौ ७, २०८३
डा. गणेश दंगाल एफआईसीओजी मानार्थ फेलोसिपबाट सम्मानित
आइतबार, भदौ ७, २०८३
निजामती कर्मचारी अस्पतालमा आइतबार विशेष ओपिडी सेवा सञ्चालन हुने
आइतबार, भदौ ७, २०८३ट्रेन्डिङ

