नेपाल हेल्थ न्युज, जनकपुरधाम । जनकपुरस्थित जनकपुर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टरमा कार्यरत चिकित्सक डा. शशी शेखर अधिकारीमाथि कुटपिट भएको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण जनाएको छ।
नेपाल चिकित्सक संघका अनुसार २०८३ साल भदौ ६ गते चिकित्सक अधिकारी कार्यरत रहेकै समयमा एक समूहले स्वास्थ्य संस्थामा प्रवेश गरी उनीमाथि हातपात गरेको थियो। सो क्रममा उनका बुबामाथि समेत हातपात गरी गम्भीर घाइते बनाइएको संघको भनाइ छ।
स्वास्थ्य सेवा प्रवाहमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको उक्त घटनाको संघले घोर भर्त्सना गरेको छ। स्वास्थ्यकर्मीमाथि हुने यस्ता आक्रमणले समग्र स्वास्थ्य क्षेत्रलाई नै आतंकित बनाउने संघले जनाएको छ।
घटनामा संलग्न दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम कडा कारबाही गर्न नेपाल चिकित्सक संघले सम्बन्धित निकायसँग माग गरेको छ।
संघले स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा सेवा प्रदान गर्ने अवस्था सुनिश्चित गर्न तथा दोषीमाथि तत्काल कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
नेपाल चिकित्सक संघका महासचिव डा. विश्वराज दवाडी र अध्यक्ष डा. बद्री रिजालद्वारा जारी विज्ञप्तिमा घटनाप्रति संघको गम्भीर चासो व्यक्त गरिएको छ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा मनाइयो विश्व स्ट्रोक दिवस
बिहीबार, कात्तिक १२, २०८३
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग मन्त्री मेहताको कार्यसम्पादन सम्झौता
बिहीबार, कात्तिक १२, २०८३
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा कर्मचारी माग, कात्तिक २१ गतेसम्म आवेदन दिन सकिने
बिहीबार, कात्तिक १२, २०८३
बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
बिहीबार, कात्तिक १२, २०८३
