नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले स्नातकोत्तर, स्नातक तथा प्रमाणपत्र तहको उन्नाइसौँ नाम दर्ता प्रमाणपत्र परीक्षा आगामी भदौ महिनाको अन्तिम साताबाट सञ्चालन गर्ने भएको छ।
परिषद् ऐन, २०५३ बमोजिम स्थापित नेपाल स्वास्थ्य व्यवसायी परिषद्, बाँसबारी, काठमाडौंले २०८३ साल भदौ ८ गते बसेको परिषद्को निर्णयअनुसार परीक्षा सञ्चालन गर्न लागेको जनाएको हो।
परिषद्ले मंगलबार प्रकाशित गरेको सूचनामार्फत सम्बन्धित सबैलाई परीक्षाबारे जानकारी गराएको हो। परीक्षाको तालिका, प्रवेशपत्र, परीक्षा केन्द्र तथा अन्य आवश्यक जानकारी परिषद्को आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने परिषद्ले जनाएको छ।
परीक्षासम्बन्धी थप सूचना परिषद्को आधिकारिक वेबसाइट Website www.nhpc.gov.np तथा फेसबुक पेज Nepal Health Professional Council प्रकाशन गरिने जनाइएको छ।
परिषद्को परीक्षा समितिले सम्बन्धित परीक्षार्थीहरूलाई आगामी सूचनाहरू नियमित रूपमा हेर्न आग्रह गरेको छ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा मनाइयो विश्व स्ट्रोक दिवस
बिहीबार, कात्तिक १२, २०८३
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग मन्त्री मेहताको कार्यसम्पादन सम्झौता
बिहीबार, कात्तिक १२, २०८३
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा कर्मचारी माग, कात्तिक २१ गतेसम्म आवेदन दिन सकिने
बिहीबार, कात्तिक १२, २०८३
बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
बिहीबार, कात्तिक १२, २०८३
