नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले स्नातकोत्तर, स्नातक तथा प्रमाणपत्र तहको उन्नाइसौँ नाम दर्ता प्रमाणपत्र परीक्षा आगामी भदौ महिनाको अन्तिम साताबाट सञ्चालन गर्ने भएको छ।
परिषद् ऐन, २०५३ बमोजिम स्थापित नेपाल स्वास्थ्य व्यवसायी परिषद्, बाँसबारी, काठमाडौंले २०८३ साल भदौ ८ गते बसेको परिषद्को निर्णयअनुसार परीक्षा सञ्चालन गर्न लागेको जनाएको हो।
परिषद्ले मंगलबार प्रकाशित गरेको सूचनामार्फत सम्बन्धित सबैलाई परीक्षाबारे जानकारी गराएको हो। परीक्षाको तालिका, प्रवेशपत्र, परीक्षा केन्द्र तथा अन्य आवश्यक जानकारी परिषद्को आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने परिषद्ले जनाएको छ।
परीक्षासम्बन्धी थप सूचना परिषद्को आधिकारिक वेबसाइट Website www.nhpc.gov.np तथा फेसबुक पेज Nepal Health Professional Council प्रकाशन गरिने जनाइएको छ।
परिषद्को परीक्षा समितिले सम्बन्धित परीक्षार्थीहरूलाई आगामी सूचनाहरू नियमित रूपमा हेर्न आग्रह गरेको छ।

व्यवस्थापन महाशाखाको निर्देशकमा डा. मण्डल
मंगलबार, भदौ ९, २०८३
गोसाइँकुण्डको जनैपूर्णिमा मेलामा अल नेपाल हस्पिटलले निःशुल्क स्वास्थ्य सेवा दिने
मंगलबार, भदौ ९, २०८३
स्वास्थ्य मन्त्रालयका कर्मचारीको जिम्मेवारी हेरफेर, को कहाँ ?
मंगलबार, भदौ ९, २०८३
विपन्न नागरिकको उपचारबापत ११५ अस्पताललाई २७ करोड सोधभर्ना
मंगलबार, भदौ ९, २०८३
