नेपाल हेल्थ न्युज, काठमाडौं । चीनको तिब्बततर्फबाट त्रिशूली नदीमा आएको बाढी र त्यससँगै विभिन्न क्षेत्रमा गएको पहिरोका कारण नदी आसपास ठूलो क्षति भएपछि नेपाल मेडिकल काउन्सिलले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उद्धार तथा उपचार सेवामा सक्रिय हुन आग्रह गरेको छ।
काउन्सिलले बुधबार सार्वजनिक गरेको अपिलमार्फत विपद्बाट प्रभावित नागरिकको उद्धार, प्राथमिक उपचार, आकस्मिक उपचार तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यमा चिकित्सक र स्वास्थ्यकर्मीलाई परिचालित हुन अनुरोध गरेको हो।
विपद्का कारण आगामी दिनमा समेत थप मानवीय तथा भौतिक क्षति हुनसक्ने भन्दै काउन्सिलले प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य सेवाको आवश्यकता रहेको जनाएको छ।
बाढी र पहिरोपछि घाइते तथा विस्थापित नागरिकमा सुरक्षित खानेपानी र सरसफाइको समस्या देखिन सक्ने भएकाले स्वास्थ्य जोखिमप्रति सतर्क रहन पनि काउन्सिलले आग्रह गरेको छ। त्यस्तै, संक्रामक रोग फैलिन सक्ने सम्भावना तथा विपद्का कारण उत्पन्न हुने मानसिक स्वास्थ्यसम्बन्धी समस्यालाई समेत समयमै पहिचान गरी आवश्यक उपचार तथा रोकथामका उपाय अपनाउनुपर्नेमा जोड दिइएको छ।
काउन्सिलले विपद्को समयमा चिकित्सकीय जिम्मेवारीसँगै मानवीय भावना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर प्रभावित नागरिकको जीवन रक्षा तथा स्वास्थ्य संरक्षणमा सहयोग गर्न स्वास्थ्यकर्मीलाई आह्वान गरेको छ।
काउन्सिलका रजिष्ट्रारले जारी गरेको विज्ञप्तिमा विपद् प्रभावितको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै आवश्यक स्थानमा सेवा र सहयोग पुर्याउन सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह गरिएको छ।
रसुवा बाढीका पीडितलाई स्वास्थ्य तथा राहत सामग्री पठाउँदै डब्ल्यूएचओ
बुधबार, भदौ १०, २०८३
रसुवामा बाढीपछि स्वास्थ्य मन्त्रालय ‘हाई अलर्ट’मा, अस्पतालहरू तयारी अवस्थामा
बुधबार, भदौ १०, २०८३
रसुवाका बाढी प्रभावित क्षेत्रमा उद्धार र स्वास्थ्य सेवा तीव्र बनाइँदै
बुधबार, भदौ १०, २०८३
१० जिल्लामा डेंगी संक्रमण फैलिँदा दुई जनाको मृत्यु
बुधबार, भदौ १०, २०८३
