नेपाल हेल्थ न्युज, काठमाडौं। चीनतर्फबाट आएको बाढीको घटनामा परी घाइते भएका ५५ जनाको काठमाडौंका तीन प्रमुख अस्पतालमा उपचार भइरहेको छ। उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा एक जना घाइतेको मृत्यु भएको छ।
सम्बन्धित अस्पतालबाट प्राप्त पछिल्लो विवरणअनुसार काठमाडौंको ट्रमा सेन्टरमा २१ जना, त्रिवि शिक्षण अस्पतालमा ३१ जना र वीर अस्पतालमा ३ जना घाइते उपचाररत छन्।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत कुशल मगरको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। मगरको ठेगाना भने अस्पतालले खुलाएको छैन।
बाढीको घटनामा परी घाइते भएकाहरूको अवस्था र उपचारबारे अस्पतालहरूले आवश्यक व्यवस्थापन गरिरहेका छन्। घाइतेहरूको निःशुल्क उपचारका लागि अस्पतालमा आवश्यक जनशक्ति परिचालन गर्नुका साथै अन्य आवश्यक प्रबन्ध मिलाइएको सम्बन्धित अस्पतालहरूले जनाएका छन्।
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै
बिहीबार, भदौ ११, २०८३
विपद् स्वास्थ्य प्रतिकार्यका लागि मन्त्रालयद्वारा फोकल पर्सन तोकिए
बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार दिने ह्याम्स अस्पतालको घोषणा
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढी अपडेट : १७७ जनाको शव फेला
बिहीबार, भदौ ११, २०८३
शिक्षण अस्पतालले सार्वजनिक गर्यो बाढीपहिरोमा घाइते ३१ जनाको नामावली, एक जनाको मृत्यु
बिहीबार, भदौ ११, २०८३ट्रेन्डिङ
