नेभिगेशन

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८औं कलेजो प्रत्यारोपण

नेपाल हेल्थ न्युज, काठमाडौं । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८औं कलेजो प्रत्यारोपण भएको छ । धनुषा सुरेन्द्र शाहको साउन २७ गते कलेजो प्रत्यारोपण भएको थियो । ४८ वर्षीय साहलाई उनकी श्रीमती ३५ वर्षीय कृष्ण देवी साहले आधा कलेजो दान गरेकी हुन् ।

साह भदौ ८ गते अस्पतालबाट डिस्चार्ज भएका छन् । दाता कृष्ण देवी ११ गते डिस्चार्ज भएकी थिइन् । कलेजो प्रत्यारोपण सर्जन डा. राम बाबु साहको नेतृत्वको टोलीले प्रत्यारोपण गरेको थियो ।

स्थापनाको १४ वर्षमा प्रत्यारोपण केन्द्रले १६७९ जनाको मिर्गौला र ३८ जनाको कलेजो प्रत्यारोपण गरेको केन्द्रका कार्यकारी निर्देशक डा कल्पना कुमारी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट