नेपाल हेल्थ न्युज, काठमाडौं । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८औं कलेजो प्रत्यारोपण भएको छ । धनुषा सुरेन्द्र शाहको साउन २७ गते कलेजो प्रत्यारोपण भएको थियो । ४८ वर्षीय साहलाई उनकी श्रीमती ३५ वर्षीय कृष्ण देवी साहले आधा कलेजो दान गरेकी हुन् ।
साह भदौ ८ गते अस्पतालबाट डिस्चार्ज भएका छन् । दाता कृष्ण देवी ११ गते डिस्चार्ज भएकी थिइन् । कलेजो प्रत्यारोपण सर्जन डा. राम बाबु साहको नेतृत्वको टोलीले प्रत्यारोपण गरेको थियो ।
स्थापनाको १४ वर्षमा प्रत्यारोपण केन्द्रले १६७९ जनाको मिर्गौला र ३८ जनाको कलेजो प्रत्यारोपण गरेको केन्द्रका कार्यकारी निर्देशक डा कल्पना कुमारी श्रेष्ठले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
