नेपाल हेल्थ न्युज, काठमाडौं। सरकारले रसुवागढी तथा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित व्यक्ति तथा व्यवसायलाई राहत र पुनर्स्थापनाका लागि विशेष प्याकेज ल्याउने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति तथा व्यवसायिक संस्थालाई लक्षित गरी सहुलियत तथा पुनर्स्थापना प्याकेज (बिजनेस रिकभरी प्याकेज) तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिनुभएको हो।
बैठकले भारत सरकारसँग जीटूजी (सरकार–सरकार) माध्यमबाट २५ हजार मेट्रिकटन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति दिने निर्णयसमेत गरेको छ।
यस्तै, २०८३ भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रअन्तर्गत रसुवागढी तथा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ।
सरकारले बाढीबाट प्रभावित नागरिक तथा व्यवसायको पुनर्स्थापना र राहतलाई प्राथमिकतामा राख्दै आवश्यक थप कदम चाल्ने जनाएको छ।
रसुवा बाढी : ट्रमा सेन्टरमा उपचाररत ९ जना, २२ जना डिस्चार्ज
शुक्रबार, भदौ १२, २०८३
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८औं कलेजो प्रत्यारोपण
शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ४७५ पुग्यो
शुक्रबार, भदौ १२, २०८३
विपद्का बेला स्वास्थ्यकर्मीलाई बिदा नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन
शुक्रबार, भदौ १२, २०८३
