नेपाल हेल्थ न्युज, काठमाडौं । रसुवा बाढीमा घाइते भई राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएका ५० जनामध्ये हाल १३ जना उपचाररत रहेका छन्। अस्पतालले बुधबार सूचना जारी गर्दै उपचाररत घाइतेहरूको अवस्थाबारे जानकारी दिएको हो।
अस्पतालका अनुसार बाढीमा घाइते भएका ३५ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। उपचारका क्रममा एक जनाको मृत्यु भएको छ भने एक जनालाई थप उपचारका लागि अन्य अस्पतालमा रेफर गरिएको छ।
हाल उपचाररत १३ जनामध्ये तीन जनाको एचडीयूमा उपचार भइरहेको छ। बाँकी १० जनाको इमर्जेन्सी तथा अस्पतालका अन्य वार्डमा उपचार भइरहेको राष्ट्रिय ट्रमा सेन्टरले जनाएको छ।
अस्पतालका अनुसार उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्था निरन्तर निगरानीमा राखिएको छ। उनीहरूलाई आवश्यकताअनुसार उपचार तथा स्वास्थ्य सेवा प्रदान भइरहेको अस्पतालले जनाएको छ।
उपचाररत घाइतेहरूको विवरण

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशक पदबाट साइमाले दिइन् राजीनामा
बिहीबार, भदौ २५, २०८३
अस्पतालबाहिर सुत्केरी घटना छानबिन गर्न मन्त्रालय र काउन्सिलको टोली राजविराज जाँदै
बिहीबार, भदौ २५, २०८३
संघीय अस्पतालमा कम्तिमा ५० शव अट्ने क्षमताको शवगृह बनाइने
बिहीबार, भदौ २५, २०८३
नेपाल नेत्रज्योति सङ्घद्वारा बाढीपीडितलाई एक करोड ४१ लाख सहयोग
बिहीबार, भदौ २५, २०८३
