नेपाल हेल्थ न्युज, काठमाडौं । रसुवा बाढीमा घाइते भई राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएका ५० जनामध्ये हाल १३ जना उपचाररत रहेका छन्। अस्पतालले बुधबार सूचना जारी गर्दै उपचाररत घाइतेहरूको अवस्थाबारे जानकारी दिएको हो।
अस्पतालका अनुसार बाढीमा घाइते भएका ३५ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। उपचारका क्रममा एक जनाको मृत्यु भएको छ भने एक जनालाई थप उपचारका लागि अन्य अस्पतालमा रेफर गरिएको छ।
हाल उपचाररत १३ जनामध्ये तीन जनाको एचडीयूमा उपचार भइरहेको छ। बाँकी १० जनाको इमर्जेन्सी तथा अस्पतालका अन्य वार्डमा उपचार भइरहेको राष्ट्रिय ट्रमा सेन्टरले जनाएको छ।
अस्पतालका अनुसार उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्था निरन्तर निगरानीमा राखिएको छ। उनीहरूलाई आवश्यकताअनुसार उपचार तथा स्वास्थ्य सेवा प्रदान भइरहेको अस्पतालले जनाएको छ।
उपचाररत घाइतेहरूको विवरण

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा मनाइयो विश्व स्ट्रोक दिवस
बिहीबार, कात्तिक १२, २०८३
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग मन्त्री मेहताको कार्यसम्पादन सम्झौता
बिहीबार, कात्तिक १२, २०८३
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा कर्मचारी माग, कात्तिक २१ गतेसम्म आवेदन दिन सकिने
बिहीबार, कात्तिक १२, २०८३
बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
बिहीबार, कात्तिक १२, २०८३
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
