नेपाल हेल्थ न्युज, काठमाडौं । हुम्ला अस्पतालको सेवा–सुविधा र व्यवस्थापनको अवस्थाबारे सार्वजनिक रूपमा धारणा राखेका चिकित्सक डा. उमाकान्त तिवारीको कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा सरुवा भएको छ।
केही समयअघि ‘हेर्ने कथा’मार्फत हुम्ला अस्पतालको कमजोर अवस्था सार्वजनिक भएपछि डा. तिवारीले अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव, औषधि व्यवस्थापनमा देखिएको समस्या तथा खानेपानीलगायतका आधारभूत सुविधाको अभावबारे आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।
सरुवा भएपछि डा. तिवारीले सामाजिक सञ्जालमा पोस्ट गर्दै निर्णयप्रति असन्तुष्टि जनाउनुभएको छ । उहाँले आफ्नो सरुवालाई चलचित्र ‘बाहुबली’का पात्र कटप्पाको शैलीसँग तुलना गर्दै व्यंग्यात्मक टिप्पणी गर्नुभएको छ।
उहाँले कर्णाली प्रदेशमा आफ्नो सरुवा भएको प्रसंग उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा सुधारको आवश्यकता औंल्याउनुभएको छ। साथै, अंग्रेजी भाषामा "बधाई सबैलाई .....बाहुबलिको कटप्पा पाराले मलाई धु"लाई गरेको ! राम्रो होस कर्णालीको स्वास्थ्य ! It was my Mistake not to go abroad !" भन्दै आफ्नो निराशासमेत व्यक्त गर्नुभएको छ।
हुम्ला अस्पतालबारे बोल्ने क्रममा डा. तिवारीले अस्पतालमा स्वीकृत दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नआउने, शल्यक्रिया सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति नहुने र औषधि खरिद तथा आपूर्तिमा समस्या रहेको बताउनुभएको थियो।
उहाँका अनुसार प्रदेशबाट अस्पतालमा औषधि पठाउँदा कतिपय अवस्थामा म्याद सकिन लागेको वा म्याद गुज्रिसकेको औषधि पुग्ने समस्या देखिन्छ। सामान्य रूपमा आवश्यक पर्ने सिटामोलसमेत उपलब्ध हुन नसक्ने अवस्था रहेको उहाँको भनाइ थियो।
त्यसैगरी अस्पतालमा नियमित खानेपानीको समेत समस्या रहेको उहाँँले बताउनुभएको थियो। पानीको समस्या समाधानका लागि पहल गर्दा सम्बन्धित निकायले एकअर्कालाई जिम्मेवारी पन्छाउने गरेको उहाँको गुनासो थियो।
हुम्ला अस्पतालको समग्र अवस्थालाई सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले अस्पताल सञ्चालन प्रणालीमै समस्या रहेको धारणा सार्वजनिक गर्नुभएको थियो।
बाढी प्रभावित क्षेत्रको स्वास्थ्य अवस्था बुझ्न मन्त्रीको स्थलगत अनुगमन
बुधबार, भदौ १७, २०८३
रसुवा बाढीका घाइतेमध्ये १३ जना ट्रमा सेन्टरमा उपचाररत, ३५ जना डिस्चार्ज
बुधबार, भदौ १७, २०८३
यतिकेम ग्रुपद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५५ लाख १५ रुपैयाँ सहयोग
बुधबार, भदौ १७, २०८३
बाढी प्रभावितका लागि डब्ल्यूएचओद्वारा २ करोड बढीको स्वास्थ्य सामग्री सहयोग
बुधबार, भदौ १७, २०८३
