नेभिगेशन

रसुवा बाढीपीडितका लागि न्यूरो अस्पतालद्वारा २१ लाख बराबरको सहयोग

नेपाल हेल्थ न्युज, विराटनगर । रसुवा जिल्लामा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २१ लाख १११ सहयोग गरेको छ।

अस्पतालका अध्यक्ष तथा वरिष्ठ विशेषज्ञ न्युरोलोजिष्ट डा. बिरेन्द्र कुमार बिष्टले मोरङका प्रमुख जिल्ला अधिकारीलाई भेटी रु. २१ लाख १११ बराबरको चेक हस्तान्तरण गर्नुभएको हो।

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले अस्पतालले उक्त आर्थिक सहयोग गरेको जनाएको छ।

चेक हस्तान्तरण गर्दै डा. बिष्टले प्राकृतिक विपत्तिका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बाढी तथा विपद्बाट प्रभावित नागरिकहरूको शीघ्र राहत, उद्धार र पुनःस्थापनाका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

न्यूरो अस्पताल परिवारले विपद्को यस कठिन घडीमा बाढीपीडित नागरिकको राहत तथा पुनःस्थापनाका लागि आफ्नो तर्फबाट निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट