नेपाल हेल्थ न्युज, काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठानले विपद् प्रभावित क्षेत्रको उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ९ लाख ५१ हजार ३५२ रुपैयाँ सहयोग गरेको छ।
प्रतिष्ठानका तर्फबाट १ करोड १ लाख रुपैयाँ तथा कर्मचारीहरूको एक दिनको पारिश्रमिकबापत ८ लाख ५१ हजार ३५१ रुपैयाँ गरी कुल १ करोड ९ लाख ५१ हजार ३५२ रुपैयाँ सङ्कलन गरी बिहीबार कोषमा जम्मा गरिएको हो।
यसै अवसरमा प्रतिष्ठानको अन्तर्राष्ट्रिय साझेदार संस्था द फ्रेड हलोज फाउण्डेसन, अष्ट्रेलियाले पनि विपद् प्रभावित क्षेत्रको सहयोगका लागि थप २१ लाख ८१ हजार २०० रुपैयाँ प्रदान गरेको छ।
सहयोग रकमको चेक तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारी, प्रमुख वित्तीय अधिकृत रामचन्द्र खनाल तथा द फ्रेड हलोज फाउण्डेसनका नेपाल प्रतिनिधि एन्जिला दाहालले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
प्रतिष्ठानले विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त, को कुन पदमा?
बिहीबार, भदौ १८, २०८३
डा. मिश्रविरुद्धको भ्रष्टाचार प्रकरणमा अख्तियारले दियो सर्वोच्चमा निवेदन
बिहीबार, भदौ १८, २०८३
‘पेन्टोलोक–डीएसआर’ औषधिको एक ब्याच बजारबाट फिर्ता गर्न औषधि विभागको निर्देशन
बिहीबार, भदौ १८, २०८३

