नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न सहरी स्वास्थ्य प्रवर्धन केन्द्र, आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्र र अकुपञ्चर सेवा केन्द्रका लागि २८ जना स्वास्थ्यकर्मी करारमा नियुक्त गर्ने भएको छ।
महानगरपालिकाले सूचना प्रकाशित गर्दै मेडिकल अधिकृत, आयुर्वेद चिकित्सक, ल्याब टेक्निसियन, फिजियोथेरापी असिस्टेन्ट, फार्मेसी सहायक, अकुपञ्चर सहायक र रेडियोग्राफर पदमा आवेदन आह्वान गरेको हो।
माग गरिएका पदमा मेडिकल अधिकृत ५ जना, आयुर्वेद चिकित्सक १ जना, ल्याब टेक्निसियन १० जना, फिजियोथेरापी असिस्टेन्ट ३ जना, फार्मेसी सहायक ३ जना, अकुपञ्चर सहायक १ जना र रेडियोग्राफर ५ जना रहेका छन्।
योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र महानगरपालिकाको अनलाइन आवेदन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिनेछ।
पदअनुसार आवेदन दस्तुर ५०० देखि १२०० रुपैयाँसम्म तोकिएको छ। छनोट प्रक्रिया ७० अंकको लिखित परीक्षा, ५ अंकको स्थानीयता र २५ अंकको अन्तर्वार्ताका आधारमा हुनेछ।
उम्मेदवारको उमेर अधिकृतस्तरका लागि कम्तीमा २१ वर्ष र सहायकस्तरका लागि १८ वर्ष पूरा भएको तथा अन्तिम मितिसम्म ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला उम्मेदवारका हकमा उमेरको अधिकतम सीमा ४० वर्ष तोकिएको छ।
करार अवधि ६ महिनाको हुने र कार्यालयको आवश्यकता तथा कार्यसम्पादनका आधारमा करार नवीकरण गर्न सकिने महानगरपालिकाले जनाएको छ।



‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
बुधबार, भदौ २४, २०८३
