नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले नेपाल औषधी लिमिटेडको रिक्त अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपानेलाई नियुक्त गरेको छ।
हिज बसेको मन्त्रिपरिषद्को बैठकले न्यौपानेलाई नेपाल औषधी लिमिटेडको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। योसँगै न्यौपाने दोस्रोपटक संस्थाको अध्यक्ष बन्नुभएको हो।
यसअघि न्यौपानेले २०७९ देखि २०८२ सालसम्म नेपाल औषधी लिमिटेडको पूर्ण कार्यकाल नेतृत्व गर्नुभएको थियो। उहाँको नेतृत्वमा आर्थिक संकटबाट गुज्रिरहेको नेपाल औषधी लिमिटेडलाई पुनः सञ्चालन तथा सुदृढीकरणतर्फ अघि बढाउने प्रयास भएको थियो।
फार्मास्युटिकल क्षेत्रमा परिचित न्यौपाने २०६८ देखि २०७२ सालसम्म नेपाल फार्मेसी काउन्सिलको अध्यक्षसमेत रहनुभएको थियो।यसपटक न्यौपाने खुला प्रतिस्पर्धाबाट सिफारिस भई नेपाल औषधी लिमिटेडको अध्यक्षमा नियुक्त हुनुभएको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितलाई भारतीय औषधी कम्पनीको १ करोड ५० लाख सहयोग
शुक्रबार, भदौ २६, २०८३
गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी
शुक्रबार, भदौ २६, २०८३
३८३ अस्पताललाई स्वास्थ्य बीमा बोर्डले गर्यो १ अर्ब ९६ करोड बढी रकम भुक्तानी
शुक्रबार, भदौ २६, २०८३
