नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले नेपाल औषधी लिमिटेडको रिक्त अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपानेलाई नियुक्त गरेको छ।
हिज बसेको मन्त्रिपरिषद्को बैठकले न्यौपानेलाई नेपाल औषधी लिमिटेडको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। योसँगै न्यौपाने दोस्रोपटक संस्थाको अध्यक्ष बन्नुभएको हो।
यसअघि न्यौपानेले २०७९ देखि २०८२ सालसम्म नेपाल औषधी लिमिटेडको पूर्ण कार्यकाल नेतृत्व गर्नुभएको थियो। उहाँको नेतृत्वमा आर्थिक संकटबाट गुज्रिरहेको नेपाल औषधी लिमिटेडलाई पुनः सञ्चालन तथा सुदृढीकरणतर्फ अघि बढाउने प्रयास भएको थियो।
फार्मास्युटिकल क्षेत्रमा परिचित न्यौपाने २०६८ देखि २०७२ सालसम्म नेपाल फार्मेसी काउन्सिलको अध्यक्षसमेत रहनुभएको थियो।यसपटक न्यौपाने खुला प्रतिस्पर्धाबाट सिफारिस भई नेपाल औषधी लिमिटेडको अध्यक्षमा नियुक्त हुनुभएको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा मनाइयो विश्व स्ट्रोक दिवस
बिहीबार, कात्तिक १२, २०८३
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग मन्त्री मेहताको कार्यसम्पादन सम्झौता
बिहीबार, कात्तिक १२, २०८३
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा कर्मचारी माग, कात्तिक २१ गतेसम्म आवेदन दिन सकिने
बिहीबार, कात्तिक १२, २०८३
बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
बिहीबार, कात्तिक १२, २०८३
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
