नेपाल हेल्थ न्युज, धनगढी । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटा कैलालीले ३०० शय्याको अस्पताल सञ्चालनका लागि १५१ जना स्वास्थ्य जनशक्ति माग गरेको छ।
विश्वविद्यालयले करार सेवामा विभिन्न स्वास्थ्य पदमा खुला प्रतियोगितात्मक अन्तर्वार्तामार्फत पदपूर्ति गर्न सूचना प्रकाशित गर्दै इच्छुक नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो। सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिन सकिने विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालयका रजिस्ट्रार भीम चन्दका अनुसार प्रादेशिक अस्पतालसँग समेत सम्झौता गरी अध्ययन तथा अध्यापन सुरु गर्ने तयारी भइरहेको छ। विश्वविद्यालयले मापदण्डअनुसार आफ्नै अस्पताल निर्माणको कामसमेत तीव्र बनाएको छ।
अस्पतालका लागि विश्वविद्यालयले मेडिकल अधिकृत १०, डेन्टल सर्जन ४, बायोमेडिकल इन्जिनियर १, नर्सिङ अधिकृत १०, रेडियोग्राफी अधिकृत १, फार्मेसी अधिकृत २, फिजियोथेरापी अधिकृत २ र ल्याब टेक्नोलोजिस्ट ३ जना माग गरेको छ।
त्यस्तै, स्टाफ नर्स ९०, सहायक ल्याब टेक्निसियन १०, सहायक रेडियोग्राफर ६, फिजियोथेरापी सहायक १० र फार्मेसी सहायक २ जना माग गरिएको छ।
मेडिकल अधिकृत पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबीबीएस वा सोसरह उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ। डेन्टल सर्जनका लागि बीडीएस तथा बायोमेडिकल इन्जिनियरका लागि बायोमेडिकल इन्जिनियरिङमा स्नातक उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्ने विश्वविद्यालयले जनाएको छ।
त्यस्तै, नर्सिङ अधिकृतका लागि नर्सिङमा स्नातक, रेडियोग्राफी अधिकृतका लागि रेडियोग्राफीमा स्नातक, फार्मेसी अधिकृतका लागि फार्मेसीमा स्नातक, फिजियोथेरापी अधिकृतका लागि फिजियोथेरापीमा स्नातक र ल्याब टेक्नोलोजिस्टका लागि बीएमएलटी वा सोसरह उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।
स्टाफ नर्स पदका लागि नर्सिङमा प्रमाणपत्र तह वा सोसरह, सहायक ल्याब टेक्निसियनका लागि हेल्थ ल्याबमा प्रमाणपत्र तह, सहायक रेडियोग्राफरका लागि रेडियोग्राफीमा प्रमाणपत्र तह, फिजियोथेरापी सहायकका लागि फिजियोथेरापीमा प्रमाणपत्र तह र फार्मेसी सहायकका लागि फार्मेसीमा प्रमाणपत्र तह उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्ने सूचनामा उल्लेख छ।
विश्वविद्यालयले २०८३ भदौ २६ गते करार सेवामा पदपूर्तिका लागि सूचना नम्बर ०१ प्रकाशित गर्दै आवेदन आह्वान गरेको हो।
आवेदनसँगै शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र तथा सम्बन्धित क्षेत्रको अनुभव खुल्ने कागजात पेस गर्नुपर्नेछ। रीत नपुगेका तथा झुट्टा विवरण उल्लेख गरी पेस गरिएका आवेदन रद्द गरिने विश्वविद्यालयले जनाएको छ।
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गतको अस्पताललाई ३०० शय्याको क्षमतामा सञ्चालन गर्ने तयारी भइरहेको छ। सोहीअनुसार आवश्यक स्वास्थ्य जनशक्ति व्यवस्थापनका लागि विश्वविद्यालयले ठूलो संख्यामा कर्मचारी माग गरेको हो।
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितलाई भारतीय औषधी कम्पनीको १ करोड ५० लाख सहयोग
शुक्रबार, भदौ २६, २०८३
३८३ अस्पताललाई स्वास्थ्य बीमा बोर्डले गर्यो १ अर्ब ९६ करोड बढी रकम भुक्तानी
शुक्रबार, भदौ २६, २०८३
नेपाल औषधी लिमिटेडको अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपाने नियुक्त
शुक्रबार, भदौ २६, २०८३
